अमेरिकाभर रहेका मगरहरुको भेला शनिबार टेक्सासको डलासमा, आपतकालिन कोष बनाइने


प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार

मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभा अगस्त ६  शनिबार टेक्सासको डलासमा हुने भएको छ । मगरहरुको बाहुल्य रहेका अमेरिकाका विभिन्न १२ राज्यका मगरहरुको जमघट टेक्सास राज्यमा हुने र सभाको सम्पुर्ण तयारी पूरा भएको मगर संघ अमेरिका केन्द्रिय समितिका अध्यक्ष कुलदिप राना मगरले जानकारी दिए ।

मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका टेक्सास च्याप्टरको संयोजनमा कार्यक्रम हुन लागेको हो । प्राय न्युयोर्क, न्युजर्सी र मेरिल्याण्ड आसपासमा मगर संघ अमेरिकाले अधिवेशन र साधारणसभा गर्दै आएपनि पहिलो पटक टेक्सासमा गर्न लागेको हो ।

मगर संघ अमेरिका भर फैलिएको र अमेरिका भर छारिएर रहेका मगरहरुको एकताको सन्देश दिन टेक्सासमा कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिए । ‘अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति र सहभागिता, उदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता’ भन्ने मुल नाराका साथ मगर साधारणसभा हुन लागेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत एकदशक देखि मगर समुदाय माझ चर्चाको बिषय बनेको मगर आपतकालिन कोषलाई मुर्तरुप दिएर साधारणसभामा सुरुवात गरिने भएको छ । विभिन्न आपत विपतको समयमा मगर समुदायलाई सहयोग गर्न यो कोष स्थापना गरिने भएको छ । यसैगरी मगर विद्यार्थीहरुलाई हौसला र प्रोत्साहन , संस्था प्रति बिद्यार्थीको आकर्षण बढाउन पहिलो पटक तीन तहका उत्कृष्ट मगर बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न लागिएको र हरेक बर्ष निरन्तरता रहने जनाइएको छ ।

नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मन बहादुर राना मगरको प्रमुख आतिथ्य र युलेसका काउन्सिल सदस्य टीका पौडेलको विशेष आतिथ्यमा कार्यक्रमको उद्घाटन हुनेछ । उद्घाटन समारोह , बन्द सत्र र सांस्कृतिक कार्यक्रम गरी तीन चरणमा कार्यक्रम हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com