नेपालमा प्राविधिक र व्यावसायिक शिक्षाको गुणस्तर बढाउन स्विट्जरल्याण्डको झण्डै १ अर्ब सहयोग


प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार

आज नेपाल सरकार अर्थ मन्त्रालय र नेपालस्थित स्विट्जरल्याण्डको राजदूतावास मार्फत स्विट्जरल्याण्ड सरकारबीच नयाँ प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम परियोजना कार्यान्वयनका लागि झण्डै १ अर्ब रुपैयाको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

क्वालिटी परियोजनाको समग्र उद्देश्य नेपाली युवाहरूले गुणस्तरीय प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिमबाट लाभान्वित हुनु र राम्रो रोजगारीका सम्भावनाहरू सुनिश्चित गर्नु रहेको छ । यस परियोजनाले सरकारका तीनवटै क्षेत्र र विशेषगरी प्रदेश सरकारहरूलाई संविधानमा व्यवस्था भएबमोजिमको संवैधानिक कार्यादेश कार्यान्वयन गर्न सहयोग गर्ने जनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्राविधिक तथा व्यावसायिक, शिक्षा तथा तालिम परिषद्सँगको सहकार्यमा यो परियोजना सातवटै प्रदेशमा स्थानीय सरकारको कम्तिमा २५ प्रतिशत समेट्ने गरी कार्यान्वयन गरिने जनाइएको छ । यस परियोजनाले १ हजार प्रशिक्षकहरूलाई तालिम र इजाजतपत्र प्रदान गर्नका लागि सघाउनुका साथै नेपालभरका २५० प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम विद्यालयहरूलाई गुणस्तरीय कार्यसम्पादनका लागि सघाउनेछ । आयोजनाबाट कूल ५० हजार नेपाली लाभान्वित हुने अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले सम्झौतामा हस्ताक्षर तथा आदानप्रदान गरेका हुन् । हस्ताक्षरपछि प्रतिक्रिया दिँदै अर्थ मन्त्रालयका सहसचिव अर्यालले गुणस्तरीय प्राविधिक शिक्षाबाट नेपाली युवालाई लाभान्वित गर्न र राम्रो रोजगारीको सम्भावना र देशको सामाजिक–आर्थिक विकासका लागि यो परियोजनाको कार्यान्वयन महत्वपूर्ण रहेको बताए । अर्यालले नेपालमा स्विस सहयोगबाट सम्पन्न भएको विकास सहयोगबारे पनि जानकारी गराए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी राजदूत एलिजाबेथ भोन क्यापलरले नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिमलाई आर्थिक वृद्धि र सामाजिक समावेशीकरणको महत्वपूर्ण औजारको रूपमा मान्यता दिएको कुरामा जोड दिइन् । प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम विद्यालयहरूको कार्यसम्पादनले निजी क्षेत्रको उत्पादकत्व वृद्धि र देशको सामाजिक आर्थिक वृद्धिमा योगदान गर्नसक्ने उच्च गुणस्तरको प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम प्राप्त व्यक्ति उत्पादन गर्नुपर्ने बताइन् ।

नेपालको सामाजिक आर्थिक विकास र मानव संसाधनको विकासमा स्विट्जरल्यान्ड सरकारको अतुलनीय सहयोगको लागि नेपाल सरकारले हार्दिक आभार प्रकट गरेको छ । दुबै सरकारहरूले साझेदारीबाट सफलताहरू मिलेको स्वीकार गर्दै र बलियो सहयोग जारी राख्न तत्परता व्यक्त गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com