त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अभियुक्त पक्राउ


प्रकाशित मिति : श्रावण १८, २०७९ बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेका कैलालीको धनगढीका सन्तोषकुमार लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा लामिछानेलाई विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो व्यक्ति भाग्न लागेको भन्ने सूचना कैलाली प्रहरीबाट प्रहरी प्रधान कार्यालयलाई सूचना आयो । विमानस्थलबाट विमान चढिसकेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको हो । विमानस्थलबाट हिरासतमा लिएर हाल गौशला प्रहरीमा राखिएको छ, थप अनुसन्धानका लागि कैलाली पठाउने तयारी भइरहेको छ ।”

प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली विमानस्थलबाट अभियुक्तलाई पक्राउ गरेको हो । श्रीमान् श्रीमतीसँगै मुम्बई जान लागेको अवस्थामा पक्राउ गरिएको हो । ब्यूरोको टोलीले विमानस्थल सुरक्षा प्रहरी कार्यालय र नेपाल एयरलाइन्ससँग समन्वय गरी जहाजको उडान रोकेर अभियुक्त पक्राउ गरिएको थियो । सुनचाँदी व्यवसायमा संलग्न अभियुक्त लामिछाने चोरीको घटनामा संलग्न भएको आरोप छ । अनुसन्धान चलिरहेका बेला भाग्न लागेको भन्ने खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विमानमा चालकदलका सदस्यसहित १४१ सवार रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार दिउँसो १ बजेर १० मिनेटको उडानबाट मुम्बई उड्न लागेका अभियुक्त लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल एयरलाइन्सको उक्त जहाज दुई घण्टापछि अर्थात् दिउँसो ३ बजेर १० मिनेटमा मुम्बई उडेको छ । उडान भर्न लागेको विमानमात्रै डिले भएको अन्य उडानमा कुनै अवरोध नभएको महाप्रबन्धक ठाकुरले बताउनुभयो । विमानस्थलको सबै उडान नियमितरुपमा सञ्चालन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com