विश्व नेवा: अधिवेशन न्युयोर्कको क्वीन्समा शुक्रबारदेखि, मदनकृष्ण श्रेष्ठको विशेष प्रस्तुति


प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार

विश्व नेवा: अधिवेशन न्युयोर्कको क्वीन्समा शुक्रबारदेखि हुने भएको छ । न्युयोर्कको क्वीन्स स्थीत लग्वार्डिया प्लाजामा अगष्ट ५ शुक्रबारदेखि आइतबारसम्म चौथो नेवा: अधिवेशन हुने भएको छ ।

नेवा: गुठी न्युयोर्क, वर्ल्ड नेवा अर्गनाइजेश युएसए च्याप्टर र वर्ल्ड नेवा अर्गनाइजेशनको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । विश्वभर छरिएर रहेका नेवार समुदायको एकताको सन्देशका साथ अबिधेशन सम्पन्न हुन लागेको वर्ल्ड नेवा अर्गनाइजेशन युएसए च्याप्टरका उपाध्यक्ष समिर महर्जनले बताउनुभयो ।

यो अधिवेशन केबल मनोरञ्जनको उद्धेश्यका लागि मात्र नभएर विश्वभर छरिएर रहेका नेवार समुदायको एकताको सन्देश दिन र बिश्वभर नेवारी संस्कृतिको पहिचान गराउने उद्धेश्यका साथ सम्पन्न हुन लागेको उहाँले बताउनुभयो । कार्यक्रममा नेवारी संस्कृतिका बिभिन्न पक्षहरुलाई समेटिनुका साथै नेवारी पहिरन र कलाको पनि प्रवद्र्धन गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको पहिलो दिन बरिष्ठ हास्यकलाकार मदन कृष्ण श्रेष्ठको एकल प्रस्तुति राखिएको छ । अबिधेशनको दोश्रो दिन अगष्ट ६ मा संस्थाको औपचारिक कार्यक्रम पछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ । सांस्कृतिक कार्यक्रममा मदन कृष्ण श्रेष्ठको प्रस्तुति मुख्य आकर्षणका रुपमा रहनेछ ।

कार्यक्रम कन्भेनर समिर महर्जन ।

यसका अतिरिक्त सांस्कृतिक कार्यक्रममा गायक तथा हास्य कलाकार यमन श्रेष्ठ, सराहना श्रेष्ठ, डा. रानी शाक्य, राम श्रेष्ठ, सगुन ताम्राकार र सुगन्ध श्रेष्ठले गीतहरुका माध्यमबाट उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् । त्यस्तै कलाकार न्हुछे डंगोल र समुहले मिठो संगित प्रस्तुत गर्नेछन् । कार्यक्रममा नेवारी नृत्य, चर्या नृत्य, कुमारी नृत्य लगायतका नेपाली नृत्यहरु प्रस्तुत गरिने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा कलाकार विजय नकर्मी र समुहले नृत्य प्रस्तुत गर्ने जनाइएको छ । कार्यक्रमको दोश्रो दिन नै नेपाल भाषाको चलचित्र कर्म पनि प्रदर्शन गरिने भएको छ ।

कार्यक्रमको तेश्रो तथा अन्तिम दिन योगाबाट शुरु हुने छ । तेश्रो दिनको कार्यक्रममा एमी अवार्ड बिजेता जसवन्त श्रेष्ठ र महावीर पुनको प्रेरणात्मक मन्तव्य समाबेश गरिने छ । नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्दै अबिधेशनको अन्त्य गरिनेछ । अबिधेशनको औपचारिक अन्त्यपछि भने नेवा गुठी न्युयोर्क र नेवा नखको संयुक्त आयोजनामा नेवा भोज गर्दै ३ दिने अधिवेशन सम्पन्न हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com