वातावरणका घातक रसायनलाई शरीरमा राख्ने सर्प र वातावरणको गज्जबको सम्बन्ध


प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार

red snake

– अम्ब्रिस पोखरेल

सर्प र वातावरणको सम्बन्ध गज्जबको छ ।

१. हाम्रो वातावरणमा रहेका न्यूरो टक्सिक र हेमो टक्सिक जस्ता दर्जनौं मात्र होइन अन्य सयौ प्रकारका घातक एसिड तथा प्रोटिनहरु जसको सम्मिक्ष्रण विसैलो बन्न जाने गर्छलाई, सरीसृपहरुले आफ्नो शरीरमा भण्डारण गर्ने गर्दछन् ।

२. ती सरीसृपहरु मध्ये सर्पहरु बढी सक्रिय तथा ठूलो मात्रामा ती रसायनहरू आफूमा समाहित गरिरहेको कुरा आधुनिक वैज्ञानिक अध्यनबाट प्रस्ट देखिन्छ । यसले गर्दा उनीहरूबाट वातावरण सन्तुलन कायम राख्न विशेष भूमिका निर्वाह गर्ने गरेको हुन्छ । सर्पहरूको तुलनामा अन्य प्रकारका सरीसृपहरुले थोरै मात्रामा गर्ने गर्छन् ।

३. हिन्दू संस्कृतिमा वातावरण संरक्षणलाई प्राथमिकताको आधारमा स्थान दिएको भेटिन्छ । यस्तै कारणहरुले गर्दा हिन्दू संस्कृतिमा पनि सर्पको विशेष पूजा आजा गरेर चाड पर्वहरुको सुरुवात भएको हुनुपर्छ भनेर हिन्दु ग्रन्थका विद्वान् विदुषीहरुले लेखेका प्रकाशनहरुमा भेटिन्छ। महाभारत तीर आउने श्रीकृष्ण सँगको पहिलो नागिय युद्द भन्दा अगाडि नै तिनीहरूको पूजा गर्ने चलन थियो भन्ने कुरा स्वतः स्पट नै देखिन्छ ।

brown and black snake

४. विषेशगरी मानव क्रियाकलापका कारण प्राकृतिक स्रोत साधनको अभावमा मात्र होइन, दैनिक रूपमा समेत मौसम तथा हावापानीमा आएको परिवर्तनले सयौ प्रकारका जीवआत्माहरुको अस्तित्व जोखिममा परेका छन् र सयौ सधैका लागी लोप हुन बाध्य भएका छन्।

५. आजको युगमा हाम्रो वातावरणलाई जीवन्त राखी राख्न पनि सरिसृपहरुको रक्षा गर्नु हाम्रो एउटा कर्तव्य हुन गएको छ । बाँच्न पाउने उनीहरूको अधिकारको पनि हो । हाम्रो धर्म, संस्कृति, परम्परा, चाल चलनले पनि यो कुरालाई समर्थन गर्दै आएको कुरा खुसीको कुरा हो। गर्वको विषय हो ।

६. हाल हामीले बुझ्ने गरेको नाग पञ्चमी मात्र सरीसृपहरुको (स्मरणीय छ, नागलाई केन्द्रमा राखिएको छ) पूजा हो । अहिलेको बदलिँदो वातावरणमा झन् यसको महत्व रहेको देखिन्छ । यसरी उनीहरूको अस्तित्वलाई सम्मान, आदर र माया गर्नु हो । हामी नेपालीहरुको यो एउटा विशेषता पनि हो ।

७. आधुनिक कालमा विभिन्न प्रकारका दिवसहरु (जस्तै पृथिबी दिवस, पानी दिवस, मौसम दिवस, वातावरण दिवस, बाघ दिवस आदी आदी) मनाए जस्तै हामी नेपालीहरुका यो प्रकारका वैदिक वातावरण मैत्री दिवसहरू हाम्रा पुर्खाले हामीलाई निर्देश गरेका सूचकहरु तथा मानकहरु हुन भनेर बुझ्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com