अमेरिकाको मासाचुसेट्सको ७ कक्षाको सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियारबारे पाठ समावेश


प्रकाशित मिति : श्रावण १४, २०७९ शनिबार

अमेरिकाको मासाचुसेट्स राज्यको ७ कक्षाको सरकारी पाठ्यक्रममा अमेरिका निवासी नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । उक्त राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा परियारबारे पाठ समावेश गरिएको छ ।

विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको च्याप्टरमा परियारको बारेमा तयार पारिएको बृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको छ । भिडियो र स्लाइड शोको माध्यमबाट पढाइने उक्त पाठमा परियारका बारेमा र जातीय विभेदबारे जानकारी दिने ८ वटा स्लाइडहरु समेत समावेश गरिएको छ ।

यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयहरुमा उपलब्ध रहेको छ भने आगामी बर्षदेखि राज्यका धेरै विद्यालयहरुमा लागु गरिदैछ । संयुक्त राष्ट्रसंघको सतत विकाश लक्ष्यको १० नम्बरमा रहेको असमानता हटाउने विषयमा पाठ लक्ष्यीत गरिएको छ । पाठको सुरुमा अमेरिकाको चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कबारे उद्दृत गर्दै असमानताबारे  भिडियोमार्फत बुझाएपछि विद्यार्थीहरुलाई डा. विष्णुमाया परियारबारेको भिडियो देखाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाठमा नेपालमा जातीय विभेद र असमानताबारे समेटिएको छ भने डा. विष्णुमाया परियारबाट स्थापित एड्वान जातीय प्रणालीबाट सिर्जित समस्यालाई सम्बोधन गर्न कसरी काम गरिरहेको छ भन्नेबारे समेत कक्षामा छलफल गरिनेछ । अछुतता र शतत विकाश लक्ष्य १० नामको उक्त पाठमा २० मिनेट डा. विष्णुमाया परियारका बारेमा पढाइनेछ भने त्यसलाई जातीय प्रणाली र राष्ट्रसंघको शतत विकाश लक्ष्यसँग जोड्ने प्रयास गरिएको छ ।

यस अगाडि परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको कोर्सबुक प्रकाशकको पुस्तकमा समावेश छ । स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेटमा परियारको संघर्षकथा समावेश छ ।

लिसा राइट हफ्नरबाट लिखित उक्त पुस्तकमा दलित परिवारमा जन्मिएकी डाक्टर विष्णुमाया परियारको पिस कप्र्सको सहयोगमा बदलिएको जीवनसंघर्षको कथा समेटिएको छ । सन् १८८८ मा स्थापित म्याक ग्र हिलबाट प्रकाशित पुस्तकहरु विश्वभरका ११ सय बढी शिक्षण संस्थाहरुले कोर्सबुकका रुपमा प्रयोग गर्दै आएका छन् ।

डाक्टर परियारको जीवनकथा समेटिएको यो पुस्तकमा राम्रो लेखक बन्नका लागि विद्यार्थीहरुले जान्नुपर्ने लेखन प्रकृयाबारे उल्लेख गरिएको छ । पुस्तकको मूल्य ७० अमेरिकी डलर रहेको छ । पुस्तककी लेखिका डाक्टर लिसा हफ्नर सन् १९९८ देखि टेक्सासको म्याकलेनन कम्युनिटी कलेजमा प्रोफेसर छिन् ।

डाक्टर परियारले हडसन स्पीक्समा घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध निर्देशकका रुपमा काम गर्दै आएकी छिन् । दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी मेयरका सल्लाहकार समितिमा रहेर समेत काम गरिन् । त्यस्तै उनी जर्सी सिटी सहरको महिला आयोग सदस्य समेत हुन् । उनी अमेरिकाको न्युजर्सी राज्यको एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर एएपिआई आयोगमा कमिश्नर समेत हुन् ।

डा. विष्णुमाया परियारले आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका  ५० हजार महिला  र २३ हजार भन्दा धेरै बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्तालन गरी लाभान्बित गरिसकेको छ ।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको थियो भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा। परियारलाई सम्मानित गरेको थियो ।

१९९९ मा अमेरिका आएकी डा. विष्णुमायाले एक सेमेस्टर अंग्रेजी मात्र पढिन् । त्यसपछि उनलाई पाइन म्यानर कलेजले पूर्ण छात्रवृत्ति दियो । कलेजमा आएर पनि उनले टप गरिन् । उनी कलेजमा एक्सीलेन्ट पोलिटिकल साईन्स अवार्ड जित्न सफल भइन् । त्यतिमात्र होइन कलेज दिने प्रेसिडेन्ट कप अवार्डलगायत चार वटा उत्कृष्ट अवार्ड जित्न सफल भइन् । उनले त्यहिं पाइन म्यानर कलेजबाट २००४ सोसल एण्ड पोलिटिकल सिस्टममा ब्याच्लरर्स डिग्री गरिन् । अध्ययन पछि विष्णुमायाले एक वर्ष ओपिडीमा डोमेस्टिक भायलेन्स एड्भोकेटको रुपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसा सम्बन्धि धेरै अनुभवहरु बटुल्ने र घरेलु हिंसाको बारेमा धेरै कुराहरु सिक्ने मौका मिल्यो ।

डा. विष्णुमाया परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । जुन अवार्ड विश्वका ६ जनाले मात्र पाएका थिए । त्यस्तै उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो, जुन विश्वका ११ जनालाई मात्र दिईएको थियो । त्यस्तै सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन विश्वका ६ जनालाई मात्र दिइएको थियो । त्यस्तै उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेडले सम्मान गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com