बाइडेन प्रशासनले आप्रवासीका लागि ल्याउन लागेको नयाँ आईडी कस्तो हो ?


प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार

बाइडेन प्रशासनले अमेरिका मेक्सिको सीमामा आप्रवासीहरूलाई नयाँ परिचयपत्र जारी गर्ने तयारी गरिरहेको छ । अमेरिकी अध्यागमन अधिकारीहरू र आप्रवासीहरूलाई उनीहरूको फाइलहरूमा छिटो पहुँच कायम गर्न सहज हुनेगरी परिचयपत्र जारी गरिने जनाइएको छ ।

यो कार्ड अमेरिकाभित्र विमानमार्फत यात्रा गर्नका लागि टीएसएले पनि स्वीकार गर्ने जनाइएको छ । सिमा क्षेत्रमा आप्रवासीहरुलाई प्रकृयामा लैजाने क्रमलाई आधुनिकीकरण र सुव्यवस्थित गर्नका लागि सुरक्षित डकेट कार्ड जारी गरिने जनाइएको छ ।

यो कार्ड जारी गर्नका लागि आइसले संसदलाई सुचना दिने काम पूरा गर्दैछ भने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यो योजना लागु गर्न १० मिलियन डलर बजेट मागेको छ । नयाँ आईडी कार्डमा आप्रवासीको जानकारीको साथ नयाँ पोर्टलमा पहुँच कायम गर्ने क्युआर कोडसहित फोटो, नाम र राष्ट्रियता समावेश गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्डमा भएको क्युआरकोर्डमार्फत नयाँ पोर्टलमा आप्रवासीहरुले आइस समक्ष उपस्थीत हुनुपर्ने तालिका लगायत अदालतमा सुनुवाईका मिति लगायतका विवरणहरु प्राप्त गर्न सक्नेछन् । सुरुमा मेक्सिको अमेरिका सिमाक्षेत्रमा मात्र यो कार्ड जारी गरिने भएतापनि भविश्यमा विस्तार गर्दै लैजाने योजना रहेको छ ।

अध्यागमन अधिकारीले कार्डवाहकलाई जाँच गर्दा सजिलैसँग डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको प्रणालीहरू मार्फत कार्ड प्रमाणित गर्न सक्नेछन् । साथै आप्रवासीले शरण खोजिरहेको छ वा सम्भवतः देशनिकालाको आदेश छ कि छैन भनेर निर्धारण गर्न सक्नेछन् ।

अहिले अमेरिकाभित्र विमानबाट यात्रा गर्दा टीएसएले नोटिस टु अपियरलाई मान्यता दिदै आएको छ । यो कागजात आप्रवासीको मुद्दा अध्यागमन अदालतमा अगाडि बढाउने क्रममा निश्चित मितिमा अदालतमा उपस्थीत हुनका लागि दिइएको आदेश हो । नयाँ कार्ड जारी भएपछि आप्रवासीले यात्रा गर्दा नोटिस टु अपियरको साटो उक्त कार्ड देखाए पुग्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com