तत्काल समाजवादी केन्द्र बन्दैनः अध्यक्ष दाहाल


प्रकाशित मिति : श्रावण १३, २०७९ शुक्रबार

bf];|f] k”0f{ a}7snfO{ ;Daf]wg sf7df8f}F, !# ;fpg M g]skf -dfcf]jfbL s]Gb|_ cWoIf k’iksdn bfxfn …k|r08Ú k|]; ;]G6/ g]kfnsf] s]Gb|Lo ;ldltsf] bf];|f] k”0f{ a}7snfO{ ;Daf]wg ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याउनुभयो ।

“तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।” वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरु आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत दल आन्तरिक छलफलमा जुटेका छन् ।

अध्यक्ष दाहालले नेपाली राजनीतिको मूलधार माओवादी आन्दोलन भएको भन्दै जनताको असली पार्टी माओवादी भए पनि यो विषयलाई स्थापित गर्न नसकिएको बताउनुभयो । माओवादी पार्टीको दबाबमा ‘स्टेट पार्टनसीप प्रोग्राम’ (एसपिपी)लाई नेपाल सरकारले अस्वीकार गरेको जनाउँदै उहाँले विगतमा एसपिपीमा सहभागी हुनुपर्छ भनेर लागि परेको पार्टी र नेता अहिले बढी राष्ट्रवादी देखिन खोजेको बताउनुभयो ।

निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी निर्वाचनसम्म र आवश्यकता रहँदासम्म गठबन्धन कायम रहने बताउनुभयो । “परिवर्तनका एजेण्डा उल्ट्याउने प्रवृत्ति अहिले पनि जारी छ । त्यसकारण पनि गठबन्धन आवश्यक छ”, उहाँले भन्नुभयो । इतिहासकै राम्रो बजेट ल्याएको पूर्वअर्थमन्त्रीका बारेमा प्रतीपक्षी दलले अनावश्यक कुप्रचार गरेको उहाँले बताउनुभयो । “छानबिन समितिले प्रतिवेदन बुझाएको छ, पूर्वअर्थमन्त्री निर्दोष सावित हुनुभयो । यसले पनि पुष्टी गरेको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com