न्युयोर्कमा प्रवासी नेपाली एकता मञ्च र गुरुङ सोसाइटीको आयोजनामा ५१ जनाले गरे रक्तदान


प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार

प्रवासी नेपाली एकता मञ्च अमेरिका र द गुरुङ (तमु) सोसाइटी अमेरिकाको संयुक्त संयोजनमा न्युयोर्कको ज्याक्सन हाइटसमा सम्पन्न रक्तदानमा ५१ जनाले रक्तदान गरेका छन् ।

शनिवार गरिएको रक्तदानमा ५१ पाउण्ड (पिन्ट) रगत संकलन भएको आयोजकले जानकारी दिए ।

कार्यक्रममा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टेक गुरुङ , वरिष्ठ उपाध्यक्ष यम लामा , महासचिव शंकर पन्त लगायतको उपस्थीति थियो ।

संस्थाका राज्य कमिटी अध्यक्ष सौमेन्द्र रञ्‍जित , सचिव देवकी पन्त, कोषाध्यक्ष उमा तामाङ, द गुरुङ (तमु) सोसाइटी अमेरिकाका अध्यक्ष तोरण गुरुङ लगायतको विशेष सक्रियता थियो ।

जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट , आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्ट लगायतले कार्यक्रममा रक्तदाताहरुको हौसला बढाएका थिए ।

रगत अभावको समयमा गर्मी मौषमका बीच रक्तदान हुनु उल्लेख्य उपलव्धि भएको भन्दै आयोजकहरुलाई रगत संकलक संस्था न्युयोर्क ब्लड सेन्टर ले धन्यवाद दिएको थियो भने रक्तदाताहरुलाई आयोजक संस्थाका पदाधिकारीहरुले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com