अमेरिकाका सिनेमाघरमा नेपाली फिल्मको नियमित शो, शुक्रबारदेखि युलेसमा ‘ए मेरो हजूर ४’


प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार

झरना थापाको निर्देशन सुनीलकुमार थापाको निर्माण एवं अनमोल केसि , सुहाना थापा, सलोन बस्नेत लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको नेपाली चलचित्र ए मेरो हजुर ४ आगामी शुक्रबारदेखि टेक्सासको युलेस सिटीमा रहेको सिनेपोलिस लक्जरी सिनेमाजमा प्रदर्शनमा आउने भएको छ । अमेरिकाका सिनेमाघरमा नेपाली सिनेमाले नियमित शो पाउने क्रम सुरु भएसँगै चलचित्र सिनेपोलिसमा देखाइने भएको हो ।

यस अगाडि कबड्डी ४ पनि सोही सिनेमाघरमा सफलतापूर्वक प्रदर्शन भएको थियो। नेपाली चलचित्रले अमेरिकाका सिनेमाघरहरुमा नियमित शो पाउनु नेपाली चलचित्र क्षेत्रका लागि उत्साहजनक रहेको चलचित्रका डालस वितरक सुरेश दर्पण पोखरेल बताउँछन् ।

यस्तै ड्यालस सेरोफेरोमा रहनुभएका आम दर्शकहरुले आफ्नो चलचित्रलाई हेरेर माया गरिदिने विश्वास चलचित्रका नायक अनमोल केसीले विश्वास व्यक्त गरेका छन् । निर्देशक झरना थापा र कलाकार सुहाना थापाले पनि टेक्सासमा रहनुहुने नेपालीहरुलाई आफ्नो फिल्मलाई माया गरिदिनका लागि भिडियो सन्देश मार्फत आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com