अमेरिकाको टेक्सस ओर्लिन नायिका प्रियंका कार्की  


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

 
विजय थापा
 
नेपाली चलचित्रकी अभिनेत्री प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा ओर्लिएकी छिन् l नायिका कार्की भोलि जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा सहभागी हुन् आएकी हुन् l 
 
उनले उक्त सम्मेलनमा ३ दिन सम्म कार्यक्रमहरुमा सहभागिता जनाउने छिन l बिशेष उनी कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति गर्ने तथा सांस्कृतिक कार्यक्रममा समेत सहभागी हुने छिन् ।
 
भेषभूषा प्रतिस्प्रद्धामा १८ देखि २९ बर्षका युवतीहरुको सहभागीता हुने छन् भने उक्त सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतियोगिता तथा बिबिध सांस्कृतिक कार्यक्रमहरु हुने छ l 
 
उनलाई स्वागत गर्न नेप्लीज अमेरिकन सम्मेलनका आयोजक मध्ये कै स्वयम् सेवकहरुमा कार्यक्रम संयोजक प्याट्रिक सुबेदी लगायत अन्य विमानस्थल पुगेका थिए l प्रियंका लाई खादा लगाई स्वागत गरिएको थियो l 
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com