नबिल र नेपाल बङ्गलादेश बैंकको आजदेखि एकीकृत कारोबार सुरु


प्रकाशित मिति : असार २७, २०७९ सोमबार

नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको प्राप्तिसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बङ्गलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको ।

दुई बैंकको एकीकृत कारोबार सुरु गरेको अवसरमा आज यहाँ आयोजित समारोहमा समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत दृष्टिगत गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यस्तो कदम चालेको बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताउनुभयो । उहाँले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने हुँदा स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । मुख्य सचिव बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलङ्काको जस्तो नरहे पनि सचेत र चनाखो भने हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बैंकिङ प्रणालीमा स्वस्थ प्रतिस्पर्धा, व्यावहारिक नाफा र सामाजिक उत्तरदायित्वका बारेमा बैंकहरुले मनन गर्नुपर्ने उहाँको भनाइ थियो । दुवै बैंकलाई राष्ट्र बैंकले यही असार १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com