नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने नेता लिउसँग प्रचण्डले गरे बाचा


प्रकाशित मिति : असार २७, २०७९ सोमबार

??????? ??????? ??????? ???????? ??????? ?????????? ???????? ????? ????? ?????? ??? ????? ????? ????? (??????? ???????)?? ??????? ???????? ????? ‘???????’?? ????? ????????? ?????? ??????? ????? ??????? ?????????? ????????? ?????? ?????? ???????? ??????? ????? ??????? ????????? ???? ?????????? ??????? ? ?????? ? ???? ???????/????

चारदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटारमा भएको सो भेटमा दुई देशका सरकार तथा पार्टी बीचका सम्बन्धका बारेमा कुराकानी भएको भेटमा सहभागी माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

“सौहार्द्रपूर्ण वातावरणमा वार्ता सम्पन्न भयो । वार्तामा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको नेतालाई पार्टीका तर्फबाट स्वागत गर्नुभयो । चीन र नेपालका बीचमा राज्य–राज्य, जनता–जनता र पार्टीहरूका बीचमा पनि राम्रो सम्बन्ध भएकामा आभार व्यक्त गर्नुभयो”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।

भेटमा अध्यक्ष दाहालले आगामी दिनमा दुई देशका सहकार्यका क्षेत्रमा अझ राम्रो सम्बन्ध हुने भन्ने विश्वास व्यक्त गर्नुभएको थियो । माओवादीका तर्फबाट नेपालका सबै पार्टी र जनता एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीनलाई असल छिमेकीका रुपमा स्वीकार गर्ने कुरामा एकै ठाउँमा रहेको विचार व्यक्त गर्नुभएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष दाहालले नेपालको विकासको प्रक्रियामा चीनले अहिलेसम्म गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीनले सहयोग गर्नुपर्ने विषयमा ठोस रुपमा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । “विशेषतः चीनमा चिकित्सा विषय अध्ययनरत नेपाली विद्यार्थीले भोग्नु परेका समस्या समाधान गर्ने, दुई देशबीचको व्यापार घाटा न्यूनीकरण गर्न चीनको सहयोगको अपेक्षा र अरनिको राजमार्गको स्तरोन्नति तथा केरुङ–रसुवागढी नाकामार्फत हुने द्विपक्षीय व्यापारमा सहयोग गर्न आग्रह गर्नुभयो”, भेटमा सहभागी नेता श्रेष्ठले भन्नुभयो ।

“नेपाल चीनलाई असल मित्रका रुपमा स्वीकार गर्दै स्वतन्त्र परराष्ट्र नीतिमार्फत राम्रो सम्बन्ध विकास गर्न चाहन्छ । नेपालको भूमि प्रयोग गरेर चीन विरोधी कुनै पनि गतिविधि गर्न नदिनेमा सिङ्गो नेपाल राज्य, नेपाल सरकार र माओवादी पार्टी प्रतिबद्ध छ”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै नेता श्रेष्ठले भन्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका नेता लिउले माओवादी केन्द्र, नेपालका सबै राजनीतिक पार्टी, नेपाल सरकार एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धतामा एकै ठाउँमा रहेकामा खुसी व्यक्त गर्दै सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

नेपालको विकासको प्रक्रियामा आगामी दिनमा सधँै चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौताका सन्दर्भमा नेपालले ठोस योजना छनोट गरेको अवस्थामा त्यसलाई अगाडि बढाउन सकिने बताउनुभएको नेता श्रेष्ठले जानकारी दिनुभयो । नेपाल र नेपालका कुनै पनि पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीन र चिनियाँ कम्युनिष्ट पार्टीको नीति रहेको उहाँले जानकारी गराउनुभएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com