मिस नेपाल नर्थ अमेरिका अगस्त ६ मा न्युयोर्कमा, आवेदन दिने डेडलाइन जुलाई ८


प्रकाशित मिति : असार २२, २०७९ बुधबार

मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ६ मा न्युयोर्कमा हुने भएको छ । न्युयोर्कको क्वीन्समा हुने मेलरोज बलरुममा कार्यक्रमको आयोजना गरिने आयोजक सैलेश श्रेष्ठले जानकारी दिए ।

मिस नेपाल नर्थ अमेरिकामा सहभागी हुन आवेदन दिने म्याद जुलाई ८ शुक्रबारसम्म रहेको छ । ड्रिम्स युनिभर्सलले आयोजना गर्ने यो प्रतियोगितामा यो बर्षदेखि ट्रान्सवुमनले पनि सहभागिता जनाउन सक्ने भएका छन् ।

अमेरिकामा नेपाली कला ,सस्कृतिको प्रवद्र्धनका लागि सन् २०१८  देखि मिस नेपाल नर्थ अमेरिका आयोजना गरिदै आएको छ । १८ देखि २८ बर्षभित्रका अविवाहित अमेरिका निवासीहरुले प्रतियोगितामा भाग लिनसक्नेछन् । प्रतियोगितामा भाग लिन कम्तिमा ५ फुट १ इन्च इन्च उचाई, हाइस्कुलको शिक्षा, उत्तर अमेरिका निवासी हुनुपर्ने लगायतका योग्यताहरु पूरा गरेको हुनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसपटकको मिस नेपाल नर्थ अमेरिकामा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, कलाकार स्वस्तिमा खड्का, मोडल निती शाह, बैङ्कर अनिल केशरी शाह लगायतका सेलिब्रेटीहरुको उपस्थिति रहने जनाइएको छ ।

मिस नेपाल नर्थ अमेरिका २०१८ मोनिका घले हुन् भने सन् २०१९ मा श्रीया गजुरेलले मिस नेपाल नर्थ अमेरिकाको ताज जितिन् । सन् २०२० मा कोरोना महामारीका कारण प्रतियोगिता हुन सकेन भने २०२१ मा गरिमा ज्ञवाली मिस नेपाल नर्थ अमेरिका भइन् ।

प्रतियोगितामा सहभागी हुनका लागि आवेदन दिन यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com