तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच छलफल


प्रकाशित मिति : असार १९, २०७९ आईतबार

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु बिच आज भेटवार्ता भएको छ । बहुमत सचिवालय सदस्यहरु बिच एकताको पहल भइरहेको सन्देश प्रवाह गर्ने गरी सामूहिक रुपमा लिएको तस्विर सार्वजनिक गरिएको छ ।

नेता वामदेव गौतमको पहलमा, तत्कालीन नेकपाका तत्कालीन अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक ठाउँमा भेला भएका हुन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार भेटवार्तामा राष्ट्रिय राजनीतिक, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काँग्रेससँगको गठबन्धन, आदिको विषयमा छलफल भएकोे छ । भेटवार्ताका क्रममा नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने सहमति पनि भएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com