क्यालिफोर्निया निवासी नेपाली विद्यार्थी सुमन वाइबाका दुबै मृगौला क्षतिग्रस्त, प्रत्यारोपणका लागि सहयोगको अपिल


प्रकाशित मिति : असार १९, २०७९ आईतबार

क्यालिफोर्निया निवासी नेपाली विद्यार्थी सुमन वाइबाका दुबै मृगौला क्षतिग्रस्त भएपछि प्रत्यारोपणका लागि सहयोगको अपिल गरिएको छ । २६ वर्षीय सुमन वाइबा तामाङ अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अमेरिका आएका हुन् ।

बेलमोन्ट क्यालिफोर्नियामा बस्दै आएका र कलेज अफ सान माटेओबाट बीबीए गरिरहेका उनलाई गत डिसेम्बरमा मृगौला रोग लागेको पत्ता लागेको थियो । गत डिसेम्बरमा उनी अस्पतालमा चेकअपका लागि जाँदा अन्तिम अवस्थाको मृगौला रोग लागेको र दुबै मृगौला क्षतिग्रस्त भएको पत्ता लागेको थियो ।

चिकित्सकहरुले उनलाई बाँच्ने उपायका रुपमा या त मृगौला प्रत्यारोपण गर्न या त डायलासिस गर्न सुझाव दिएका छन् । उनले आफ्नो मृगौला प्राप्तकर्ताको प्रतिक्षा सूचीमा सूचीकृत गरेपनि प्राप्त गर्नको लागि करिब ५ देखि ७ वर्षसम्म लाग्नसक्ने देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिकित्सकका अनुसार मलाई एनिमिया र युरेमिक पनि छ। हरेक दिन घरमा ९ घण्टा डायलाइसिस गर्ने र काम समेत गर्न नसक्ने अवस्थामा रहेका उनले मृगौला प्रत्यारोपणका लागि भारत जाने योजनामा रहेको उल्लेख गर्दै सहयोगको अपिल गरेका छन् । ७० वर्षीय आमाबाबुको एक्लो छोरा रहेको र परिवार पनि आर्थिक रुपमा आफूमाथि नै निर्भर रहेको उनले उल्लेख गरेका छन् ।

भारतमा मृगौला प्रत्यारोपण गर्न ६० लाखसम्म खर्च लाग्ने भन्दै ७५ हजार डलर लक्ष्यसहित गोफण्डमीमा सहयोगको अपिल गरिएको छ । उनले भनेका छन् – ‘मलाई आशा छ कि मेरो परिवार, साथीहरू र शुभचिन्तकहरूले मेरो अवस्था बुझ्नुहुनेछ र यो विदेशी भूमिमा मेरो जीवन बचाउन मद्दत गर्नुहुनेछ। म यो रोगलाई जित्न चाहन्छु।’

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com