विश्वको ८ औं उत्कृष्ट ‘युनिभर्सिटी कलेज लन्डन’मा नेपाली प्राध्यापक


प्रकाशित मिति : असार १८, २०७९ शनिबार

बेलायतको युनिभर्सिटी कलेज लन्डनमा नेपालीमूलका एक प्राज्ञिक व्यक्तित्वको पदोन्नति भएको छ । डा. तेजेन्द्र फेराली युनिभर्सिटी कलेज लन्डनमा शिक्षा, द्वन्द्व र शान्ति विषयको प्राध्यापक भएका हुन् ।

विश्वको ८ औं उत्कृष्ट उक्त विश्वविद्यालयमा प्राध्यापकको जिम्मेवारी पाउने सम्भवतः उनी बेलायतमा पहिलो नेपालीमूलका व्यक्ति हुन् । डा. फेराली अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा अध्ययनका लागि सन् २००७ मा लन्डन आएका थिए ।

उनी सन् २०१३ मा उक्त विश्वविधालयमा आवद्द भए । उनले विद्यावारिधि सकेपछि प्राध्यापनसंगै शिक्षा, शान्ति र द्वन्द्वबारे अध्ययन-अनुसन्धान, आलोचनात्मक वहस आदिमा आफूलाई व्यस्त राखेका थिए ।

डा. फेरालीले बेलायतको नेपाली समुदायमाझ आफ्नो प्राज्ञिक अनुभव र ज्ञान बांड्दै आएका छन् । उनको पदोन्नतिले नेपाली समुदाय गौरवान्वित भएको छ । ‘तपाईं सांच्चिकै प्रेरणाको श्रोत हुनुहुन्छ । हामीलाई यसमा गर्व छ’, बीबीसी मास्टर सेफ सन्तोष साह भन्छन् ।

डा. फेरालीसंग निकट रहेका शैक्षिक परामर्शदाता गणेश खड्काले पनि यो सफलतामा खुशी व्यक्त गर्दै बधाइ दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com