ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति गुरुङ


प्रकाशित मिति : असार १५, २०७९ बुधबार

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनाबाट जोगिएको छ ।

रामेछापको गोगनेमा उपसभापति चढेको बा. १९ च १८३९ नम्बरको स्कार्पियो सडक किनारबाट तल खसेको छ । अगाडि ढुंगाको ओटको कारण दुर्घटनाबाट जोगिएको हो ।

उपसभापति गुरुङले ठूलो दुर्घटनाबाट जोगिएको जानकारी दिएका छन् । गाडी तल खसोको र ढुंगामो ओट लागेकाले दुर्घटना हुनबाट जोगिएको उनले जानकारी दिए ।

उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com