अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसामा रेकर्ड ब्रेक, गत महिना २०२३ लाई भिजिटर भिसा


प्रकाशित मिति : असार ८, २०७९ बुधबार

अमेरिकी दूतावास काठमाडौं

अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसामा रेकर्ड ब्रेक गरेको छ । गत महिना अर्थात् मे महिनामा अमेरिकी दूतावास काठमाडौंले २०२३ जनालाई भिजिटर भिसा जारी गरेको छ । कुनैपनि महिनामा यति धेरैलाई अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसा जारी गरेको मासिक रेकर्ड सार्वजनिक गर्न थालेपछिको यो नै पहिलो पटक हो । सन् २०१७ को मार्चदेखि अमेरिकी विदेशमन्त्रालयले मासिक रुपमा जारी भिसा संख्या सार्वजनिक गर्न थालेको हो ।

कोरोना महामारी सुरुभएपछि अत्यन्तै कमलाईमात्र भिजिटर भिसा जारी गरिरहेको अमेरिकी दूतावास काठमाडौंले मे महिनामा अहिलेसम्मका सबै रेकर्डहरु तोड्दै भिजिटर भिसा जारी गरेपनि डिभी लगायतका अन्य आप्रवासी भिसाहरु भने निकै कममात्र जारी गरेको छ । मे महिनामा अमेरिकी दूतावास काठमाडौंले आफ्नो जनशक्ति भिजिटर भिसा र विद्यार्थी भिसा जारी गर्नमा लगाएको देखिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी दूतावास काठमाडौंले मे मा ८५० जनालाई विद्यार्थी भिसा दिएको छ । डिपेन्डेन्टका रुपमा भिसा पाउनेहरु थप ५७ जना रहेका छन् । अप्रिलमा भने अमेरिकी दूतावास काठमाडौंले १३४० लाई भिजिटर भिसा र १८८ लाई विद्यार्थी भिसा जारी गरेको थियो । तर अप्रिलमा भने दूतावासले आफ्नो जनशक्ति डाइभर्सिटी भिसा जारी गर्नमा बढी केन्द्रीत गरेको देखिएको छ ।

अमेरिकी दूतावास काठमाडौंले उल्लेख्य संख्यामा विना अन्तरवार्ता भिजिटर भिसा नविकरण समेत गरिरहेको छ । विगतमा भिजिटर भिसा लिएका र भिसा सकिएको ४८ महिना ननाघेकाहरुले यो सुविधा पाइरहेका छन् । त्यस्तै विगतमा कुनै पनि प्रकारको गैर आप्रवासी भिसा लिएकाहरुलाई पनि विना अन्तरवार्ता विद्यार्थी भिसा प्राप्त गर्ने सुविधा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com