अमेरिका निवासी नेपाली मूलका कलाकार जसवन्त देव श्रेष्ठले जिते एमी अवार्ड, रचियो इतिहास


प्रकाशित मिति : असार ५, २०७९ आईतबार

अमेरिका निवासी नेपाली मूलका कलाकार जसवन्त देव श्रेष्ठले पहिलो नेपाली चलचित्र निर्माताका रुपमा प्यासेफिक साउथवेष्ट एमी अवार्ड जितेर इतिहास रच्न सफल भएका छन् । उनले सरस्वती पूजा नामको सांस्कृतिक बृत्तचित्रबाट एमी अवार्ड जित्न सफल भएका हुन् ।

अहिलेसम्म उनका श्रृजनाहरु ९ पटक एमी अवार्डको नोमिनेशनमा परेका थिए । तर यसपटक भने अवार्ड जित्नमा सफलता मिलेको हो । अवार्ड जितेपछि श्रेष्ठले नेपाल र नेपाली संस्कृतिको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि गौरवकको कुरा भएको बताए ।

यसपटक उनका ३ बृत्तचित्रहरु एमी अवार्डको नोमिनेशनमा परेका थिए । क्यालिफोर्नियाको पाल्म स्प्रींगमा आयोजित ४८ औं वार्षिक प्यासिफिक साउथवेस्ट एमी अवार्डको धर्म शीर्षकको उत्कृष्ट वृत्तचित्रका लागि श्रेष्ठका तीनवटा बृत्तचित्रहरु नोमिनेशनमा परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेस्टिभल्स श्रृंखलाबाट दशैं पर्व, सरस्वती पूजा पर्व र महा शिवरात्री पर्व नामका उनका बृत्तचित्रहरु नोमिनेशनमा परेका थिए । फेस्टिभल्स श्रेष्ठबाट निर्मित ५ भागको बृत्तचित्र श्रृङ्खला हो जसले दैवी प्रेरित रहस्यमय संस्कृति र नेपाली जनताको विविधताको अनुभवका साथमा नेपालको मिथक, किंवदन्ती र पुरातन परम्पराहरूलाई उजागर गरेको छ ।

फेस्टिभल शृङ्खलामा प्रेमपूर्ण परिश्रम रहेको र यसलाई बनाउन तीन वर्ष लागेको श्रेष्ठको भनाई छ । दर्शकहरु बृत्तचित्रको माध्यमबाट भर्चुअल रुपमा नेपालको यात्रामा जानसक्ने र नेपालको समृद्ध संस्कृतिको बारेमा केही भएपनि जान्न सक्ने श्रेष्ठले बताए ।

यो बृत्तचित्र हेरेपछि उनीहरुले नेपाललाई भ्रमणका लागि गन्तव्य बनाउने निर्णय गर्न सक्ने र त्यसले गर्दा नेपालको पर्यटन उद्योगलाई निसंन्देह मद्दत गर्ने श्रेष्ठको विश्वास रहेको छ ।

श्रेष्ठको यो बृत्तचित्र विश्वचर्चित डिस्कभरी च्यानलले प्रिमियर गरेको थियो । अमेरिकाको लस एन्जलसमा रहेको क्रियटिभ हाइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यो बृत्तचित्र १७ वटा एसियाली मुलुकमा प्रशारण गरिएको थियो । यही कम्पनीको ब्यानरमा निर्मित सामाग्रीहरुले विभिन्न अवार्डहरु जित्न सफल भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com