पोर्चुगलमा नेपाली दुतावास माग


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

नेपालीहरुको बाक्लो बसोवास रहेको पोर्चुगलमा दुताबास माग गर्न गठीत संघर्ष समितीको बैठक लिस्बोनमा सम्पन्न भएको छ ।

संघर्ष समितीका अध्यक्ष तथा एनआरएन केन्द्रिय समन्वय समितिका सदस्य रमेश कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमितिहरु बनाई दुतावास माग गर्न पहल गर्ने जानकारी दिएको छ ।

बैठकले रमेश गुरुङको संयोजकत्वमा एक सचिवालय गठन गरेको छ भने एनआरएन पोर्चुगलका अध्यक्ष भिम कमल केसीको संयोजकत्वमा प्रस्तावना लेखन उपसमिति गठन गरेको छ ।

सोही बैठकले कमल गुरुङलाई हस्ताक्षर संकलनको जिम्मेवारी तोकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघर्ष समितीको आर्थिक संयोजकको रुपमा धनराज शेर्पालाई जिम्मेवारी दिएको उक्त बैठकले सचिवालयको कामलाई व्यवस्थित बनाउन सचिवालय सदस्य सचिबमा रोवोट लिम्बुलाई तोकेको छ ।

बैठकमा एनआरएन पोर्चुगलका अध्यक्ष भिम कमल केसी, प्रवासी नेपाली मञ्चका अध्यक्ष गोविन्द पौडेल लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहेको सदस्य सचिब रोवोट लिम्बुले जानकारी दिए ।

करिव २० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको पोर्चुगलमा दुतावास स्थापनाको लागि विगत लामो समयदेखि यहाँ संघर्ष चलिरहेको एनआरएन पोर्चुगलका उपाध्यक्ष शम्भु गौतमले जानकारी दिए ।

लोकान्तरबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com