मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा विद्युत् उत्पादन बन्द


प्रकाशित मिति : जेष्ठ २८, २०७९ शनिबार

लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहमा विद्युत् उत्पादन बन्द भएको छ । ती विद्युत् गृहमा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उत्पादन बन्द छ ।

गएको वर्ष असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द अर्थात सट डाउन गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सट डाउन भएपछि विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द हुनेछ । पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँमा रहेको ९ नम्बर टावर ढालेको थियो ।

प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) जडान गरी गएको वर्ष साउन २ गतेदेखि प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो । अहिले त्यहाँ नयाँ टावर निर्माण गरिएको छ । आज ईआरएस हटाइ नयाँ टावरमा तार टाँगिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झन्डै १ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने जनाएको छ । आज मध्यमर्स्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com