न्युयोर्क सिटीमा कागजपत्रविहिन र भिजिटरलाई समेत आउनेबित्तिकै स्वास्थ्य सेवा, ६ महिना बस्नु नपर्ने


प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार

person holding black dslr camera

Photo by Mufid Majnun

न्युयोर्क सिटीमा स्वास्थ्य सेवा लिनका लागि कम्तीमा ६ महिना बसोबास गरेको हुनुपर्ने प्रावधान हटाइएको छ । योसँगै  न्युयोर्क सिटीमा कागजपत्रविहिन र भिजिटर लगायत जुनसुकै अध्यागमन स्टाटस भएकाहरुले पनि स्वास्थ्य सुविधा पाइरहेका छन् ।

न्युयोर्क सिटीको स्वास्थ्य सेवा कार्यक्रम एनवाईसी केयरले ६ महिना बसोबास गरेको हुनुपर्ने प्रावधान हटाएसँगै न्युयोर्क सिटीमा आउने विदेशमा जन्मेका व्यक्तिले आउनेबित्तिकै स्वास्थ्य सेवाको कार्यक्रममा सहभागी भएर लाभ लिनसक्छन् ।

स्वास्थ्य विमाका लागि योग्य नभएका वा स्वास्थ्यविमा लिन नसक्नेहरुका लागि एनवाईसी केयर नामको कार्यक्रमले निशुल्क र सस्तो स्वास्थ्य सेवा प्रदान गर्दछ । एनवाईसी हेल्थ एण्ड हस्पिटलमार्फत यो सेवा प्राप्त छ, जस अन्तरगत न्युयोर्क सिटीमा ११ वटा अस्पतालहरु रहेका छन् भने ३० वटा सामुदायिक स्वास्थ्य केन्द्रहरु रहेका छन् । ५ वटा दीर्घकालिन हेरचाह केन्द्र समेत छन् ।

अस्पतालहरुको सुची यहाँ हेर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामुदायिक स्वास्थ्य केन्द्रको सुची यहाँ हेर्नुहोला ।

कागजपत्रविहिनहरु मेडिकेड र मेडिकेयरजस्ता स्वास्थ्य सुविधाका लागि योग्य नहुने भएकाले उनीहरुलाई यो कार्यक्रममा सहभागी भएर स्वास्थ्य लाभ लिनका लागि प्रोत्साहन गरिएको छ । यो कार्यक्रममा सहभागी भएर उपचार गर्दा सरकारका अन्य निकायसँग अध्यागमन स्टाटस वा अन्य संवेदनशील जानकारीहरु साझा नगरिने स्पष्ट पारिएको छ ।

doctor holding red stethoscope
Photo by Online Marketing

जुनसुकै अध्यागमन स्टाटस र उपचारका लागि रकम तिर्न नसक्ने बिरामीहरुलाई समेत खुशीसाथ लिइने एनआईसी केयरका एलेक्स हन्टरले खसोखासलाई जानकारी दिए । नयाँ व्यक्तिलाई साइनअप गरेको दुईसाताभित्र प्राथमिक स्वास्थ्यजाँचका लागि अप्वाइन्टमेन्ट उपलब्ध गराइन्छ । कार्डियोलोजी, युरोलोजी लगायतका विशेष हेरचाह सेवाहरु समेत उपलब्ध रहेका छन् ।

२ सय भन्दा धेरै भाषामा अनुवाद सुविधा समेत रहेको छ । स्वास्थ्य सुविधा सातैदिन र चौबीसै घण्टा उपलब्ध रहेको छ । अधिकांश स्वास्थ्यकर्मीहरु आप्रवासी र आप्रवासीका सन्तान भएकाले उनीहरु अँग्रेजी बाहेकका अन्य भाषाहरु समेत बोल्ने भएकाले सहजरुपमा स्वास्थ्य उपचार गराउन सकिन्छ ।

यो कार्यक्रममा सहभागी हुनका लागि ६४६ ६९२ २२७३ मा फोन गर्न सकिनेछ । वा अस्पताल तथा स्वास्थ्य केन्द्रमा गएर पनि साइनअप गर्न सकिनेछ ।

त्यस्तै सहकार्य गरिरहेका सामुदायिक संस्थामा गएर पनि साइनअप गर्न सकिनेछ । न्युयोर्कको क्वीन्समा रहेको नेपाली र नेपाली भाषी आप्रवासीको हितमा सकृय संस्था अधिकार पनि यो कार्यक्रममा सहभागी रहेको छ ।

सामुदायिक संस्थाको सुची यहाँ हेर्नुहोला ।

मेट्रो प्लस इन्सुरेन्सका प्रतिनिधिमार्फत पनि साइनअप गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com