सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो ।
उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो । लिम्बूलाई सम्झाइबुझाइ घरतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।-फाईल फोटो
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।