Follow @khasokhasmag

बलिउड कलाकार शाहरुख खानका छोराले पाए सफाइ


प्रकाशित मिति : जेष्ठ १३, २०७९ शुक्रबार

 

लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ ।

गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए ।

सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियोभने पछि विभागको प्रधानकार्यालय नयाँदिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो ।

यसैबीच, विभागले अन्य आरोपीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । गत मार्चमा विशेष अदालतले विभागलाई आरोपपत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com