विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराइने, एनआरएन परिचयपत्र डिजिटल बनाइने (पूर्णपाठ)


प्रकाशित मिति : जेष्ठ १०, २०७९ मंगलबार

सरकारले आधुनिक सूचना प्रविधिको प्रयोग गरी प्रवासमा रहेका नेपालीलाई समेत निर्वाचनमा सहभागी गराउन आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचन सम्बन्धि एकीकृत कानून तर्जुमा गर्ने र विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराउन व्यवस्था मिलाउने घोषणा गरेकी हुन् ।

सरकारले जारी गर्ने एनआरएन कार्ड

नीति तथा कार्यक्रममा विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाइने नीति लिइने उल्लेख गरिएको छ। त्यस्तै कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको सहकार्यलाई थप विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराइनेछ र गैरआवासीय नेपालीलाई डिजटल परिचयपत्र जारी गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नेपालीले विदेशमा आर्जन गरेको आय र सिपलाई देशभित्र रोजगारी तथा स्वरोजगारीका अवशर सिर्जनामा उपयोग गर्न प्रोत्साहित तथा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्राउन थप प्रोत्साहन दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न यहाँ क्लीक गर्नहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com