यौनहिंसाको आरोप लागेका पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


प्रकाशित मिति : जेष्ठ ९, २०७९ सोमबार

जिल्ला अदालत काठमाडौँले बलात्कार तथा यौनहिंसाको आरोप लागेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

अदालतले आज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे गत शनिबार प्रहरीले पक्राउ गरेको थियो । पाण्डेविरुद्ध यौनहिंसा र मानवबेचबिखन तथा ओसारपसार गरी दुई मुद्दामा अनुसन्धान हुनेभएको छ ।

सन् २०१४ मा भएको एक सौन्दर्य प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीका नाममा आयोजकमध्येका व्यक्ति पाण्डेले पेयपदार्थमा नसालु पदार्थ मिसाएर बेहोस बनाइ आफूमाथि बलात्कार गरेको एक किशोरीको भनाइ सार्वजनिक भएको छ । आरोपित पाण्डे पक्राउ परेपछि आफूमाथि पनि यौनहिंसा भएको उल्लेख गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा पाण्डे विरुद्ध जाहेरी दिनुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com