गठबन्धन : खुम्चियो महिला नेतृत्व


प्रकाशित मिति : जेष्ठ ७, २०७९ शनिबार

दलहरू गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्दा बागलुङका स्थानीय तहमा महिलाहरूको नेतृत्व सङ्ख्यात्मक रुपमा खुम्चिएको छ । सक्षम भएर पनि महिलाहरू स्थानीय तहको नेतृत्वमा आउनबाट बञ्चित हुनुपरेको हो । गठबन्धनबाट अधिकांश स्थानीय तहको प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष पदमा पुरुष उम्मेदवार थिए ।

राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिकरूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनकै कारण उनीहरू नेतृत्वमा आउने बाटो रोकिएको हो ।

गठबन्धनबाट स्थानीय तहको प्रमुखमा एकमात्र महिला उम्मेदवार नेपाली कांग्रेसकी गण्डकी थापा अधिकारी बडिगाड गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको छ । गठबन्धनमा आवद्ध दलले अरु स्थानीय तहको प्रमुख–उपप्रमुखमा महिलालाई उम्मेदवार नै बनाएनन् ।

एमालेले भने बागलुङ नगरपालिकाबाहेक नौवटै स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा महिला उम्मेदवार बनाए पनि सबै पराजित भए । प्रमुख–अध्यक्षमा भने एमालेले पनि महिला उम्मेदवार खडा गर्न सकेको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तमानखोला गाउँपालिकामा गठबन्धन नगरी एक्लै लडेको कांग्रेसले उपाध्यक्षमा हिराकुमारी छन्त्याललाई जिताउन सफल भएको छ । गठबन्धन गरिएको भए उक्त पदमा अन्य दलबाट पुरुष नै आउने स्थिति बन्थ्यो । गठबन्धन गरे पनि दलहरुले महिला उम्मेदवारलाई अघि सार्न नसक्दा नेतृत्वमा पुरुष नै हाबी भएका हुन् । दलहरुले उम्मेदवार छनोटमा पुरुषलाई नै प्राथमिकता दिएपछि महिलामा असन्तुष्टि पनि बढेको थियो ।

टिकट नपाएपछि केही महिलाले एकाएक दल फेरेर उम्मेदवारी दिने आँटसमेत गरे । विसं २०७४ को स्थानीय चुनावमा यहाँका छ स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा महिला निर्वाचित भएका थिए । तीमध्ये यसपटकको चुनावमा कोही पनि उम्मेदवार बन्न पाएनन् ।

अघिल्लो चुनावमा पनि केही स्थानीय तहमा दलहरूबीच गठबन्धन भएकाले दुवै पदमा पुरुष आएका थिए । यसपटकको चुनावमा एक अध्यक्ष र एक उपाध्यक्ष गरी दुई महिला नेतृत्वमा आएका छन् । दश स्थानीय तहमा रहेका ८५ वडाको वडाध्यक्षमा पनि पुरुषकै प्रतिनिधित्व छ । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com