डा. नवराज लम्साल र प्रकाश सपुतलाई न्युयोर्कमा सम्मान, राज्यका सिनेटरबाट प्रशंसापत्र


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

द वार्म फाउण्डेसन न्युयोर्कले साहित्यकार तथा लेखक डा. नव राज लम्साल र गायक प्रकाश सपुतलाई सम्मान गरेको छ। अमेरिकाको न्युयोर्कमा गरिएको कार्यक्रममा लम्सालद्वारा लिखित पुस्तक अग्निको विमोचन समेत गरिएको छ ।

अमेरिकाको न्युयोर्कमा गरिएको कार्यक्रममा लम्सालद्वारा लिखित पुस्तक अग्निको विमोचन समेत गरिएको छ । गायक सपुत र साहित्यकार लम्साललाई न्युयोर्क राज्य ससदका सिनेटर जोन सि लिउ बाट हस्ताक्षरित प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा अमेरिकन राजनीतिज्ञ तथा सामाजिक अभियन्ता नवराज केसी र न्युयोर्कका लागी नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले लम्साल र सपुतलाई सम्मान गर्नुभएको हो।

सोही समारोहका लम्सालद्धारा रचित कृति अग्नी महाकाव्य विमोचन गर्दै कार्यवाहक महावणिज्यदूत विष्णु गौतमले सम्मानित व्यक्तित्व कलाकार सपुत र साहित्यकार लम्साललाई बधाई तथा शुभकामना दिनुभयो । उहाँले अग्नि महाकाव्य नेपाली समाज परिवर्तनका लागी साँच्चै नै अग्नि ज्वाला भएको बताउनुभयो।

नेपाली समाज लाई सुदृढ र सफल बनाउन यस्ता महत्वपूर्ण कृतिहरुलाई प्रोत्साहन गरिनु पर्ने उहाँले बताउनु भयो। गायक प्रकाश सपूतले नेपाली गीत संगीतलाई सामाजिक रूपान्तरणसँथ जोडीरहनु भएकोमा खूसी व्यक्त गर्नु भयो।

अमेरिकन राजनीतिज्ञ नवराज केसीले दुबै श्रस्टालाई न्यूयोर्क स्टेट सिनेट जोन सि लिउ बाट प्रदान गरिएको प्रशंसापत्र हस्तान्तरण गर्दै दुवै सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गर्नु भएको थियो।

कार्यक्रममा द वार्म फाउण्डेसनका अध्यक्ष लेखक प्राध्यापक राजन थपलियाले फाउण्डेसनले दक्षिण एशियाको बालबालिकाको शिक्षा, स्वास्थ र मानवअधिकारको पक्षमा काम गरिरहेको बताउँदै यो सम्मान यि सबै कुरा प्राप्तिका लागी सहयोगी बन्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले नेपाल र अमेरिकी सम्बन्धलाई प्रगाढ बनाउन साहित्य, कला र पत्रकारीता क्षेत्रमा योगदान दिने व्यत्तित्वलाई सम्मान गर्दै आएको बताउनुभयो।

त्यस्तै द वार्म फाउण्डेसनका चियरपर्सन उर्मिला लाम्गादेले कार्यक्रममा स्वागत गर्दै गीत, संगीत, कला र साहित्य ले सबै प्रकारका विभेदका विरुद्ध अवाज बन्नमा सहयोग पुग्ने बताउनुभयो । सम्मानित गायक प्रकाश सपुतले सम्मानप्रति खुसी व्यक्त गर्दै यो सम्मानले आफूलाई सामाजिक अपहेलना विरुद्ध समाज परिवर्तनको सुत्रधारमा लाग्न अझ प्रेरित गरेको बताउनुभयो । उक्त कार्यक्रम बिक्की पुलामी ले सन्चालन गर्नु भएको थियो।

गायक सपुतका वोलमाया, गलवन्दी, बदला वरिलै, कुरा बूझ्नुपर्छ , पीर लगायतका गीतहरु चर्चामा छन् । त्यस्तै साहित्यकार डाक्टर नव राज लम्सालका दर्जनौं साहित्यिक रचनाहरु रहेका छन् ।

डा. लम्साल साहित्यमा गीत र कवितामात्र नभई रेडियो पत्रकारितामा पनि निकै चर्चित र सुपरिचित व्यत्तित्व हुनुहुन्छ । उहाँका दर्जनौ कृतिहरु मध्य अग्नि, कर्ण र धारा महाकाव्यका रूप साहित्यिक बजारमा चर्चित छन् ।

अग्नि, कर्ण र धारा महाकाव्यका रूप साहित्यिक बजारमा चर्चित छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com