४ महिनादेखि अमेरिकामा अस्पतालको बेडमा रहेका कोइरालालाई सहयोगको अपिल


प्रकाशित मिति : जेष्ठ ६, २०७९ शुक्रबार

४ महिनादेखि अमेरिकामा अस्पतालको बेडमा रहेका विकास मुर्ति कोइरालालाई सहयोगको अपिल गरिएको छ । काठमाडौँ घर भई विगत ५ वर्ष देखि अमेरिकाको मिसिगनमा बस्दै आएका कोइराला पेटको अप्रेशनको कारण विगत ४ महिनादेखि अस्पताल भर्ना भएका छन् ।

श्रीमती र ५ वर्षको छोरी सहित मिसिगन बस्दै आएका कोइराला पेटको समस्याका कारण युनिभर्सिटी अफ मिचिगन हस्पिटलमा भर्ना भएका थिए । त्यसपछि पेटको अप्रेशन गरिएको थियो ।

सहयोगका लागि यहाँ क्लीक गर्नुहोला ।

चिकित्सकको सल्लाह अनुसार कोइरालाको उपचारमा अझ लामो समय लाग्नेभएको छ । श्रीमानको प्रत्यक्ष निगरानी गर्नुपर्ने भएकाले आफू काम गर्ने सक्ने अवस्थामा नरहेको र परिवारमा अन्य आम्दानीको श्रोत नभएको भन्दै श्रीमती सरिता पौडेलका तर्फबाट गोफण्डमी सुरु गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अपिलमा भनिएको छ – ‘यस दुखद अवधिमा आइपरेको आर्थिक समस्या समाधानका लागि तपाईहरुबाट सहयोग प्राप्त हुनेछ भन्ने आशा सहित गो फण्ड मि खोलेका छौँ। यस गोफण्डमी मार्फत सक्दो आर्थिक सहयोग प्राप्तहुनेछ भन्ने आशा लिएकी छु।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com