५ सय प्रति ‘जिरो माइल’ बिक्रिको ८० प्रतिशत आषिस फाउण्डेशनलाई प्रदान


प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार

अमेरिकी अध्यागमन लगायतका १११ टिप्सहरु समेटिएको खसोखासका प्रधानसम्पादक किशोर पन्थीबाट लिखित पुस्तक जिरो माइलको बिक्रिको ८० प्रतिशत रकम आषिस फाउण्डेशनलाई प्रदान गरिएको छ । नेपालमा ५ सय प्रति बिक्रिको ८० प्रतिशत स्वर्गीय आषिश खनालको स्मृतिमा स्थापित गैर नाफामुलक संस्था आषिस फाउण्डेशनलाई प्रदान गरिएको हो ।

अमेरिकामा फेसबुक शपमार्फत पुस्तक अर्डर गर्न यहाँ क्लीक गर्नुहोला ।

पुस्तक जिरो माइल बैशाख ३ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको थियो । उक्त दिन आषिस फाउण्डेशनको समेत शुभारम्भ गरिएको थियो । फाउण्डेशनले शिक्षा, स्वास्थ्य, संचार लगायतका क्षेत्रमा सामाजिक कार्य गर्ने लक्ष्य लिएको हो ।

आषिस फाउण्डेशनको तदर्थ समितिलाई मन्त्री पम्फा भुसालले शुभकामना दिएपछि ।

अमेरिका जान चाहनेहरु, गइसकेकाहरु, अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरु लगायतका लागि उपयोगी हुने पुस्तक जिरो माइल काठमाडौंमा प्रगति पुस्तक बागबजारमा उपलब्ध रहेको छ भने किताब यात्रामार्फत होम डेलिभरीको समेत सुविधा छ । अमेरिकामा फेसबुक शपमार्फत अनलाइनमा किन्न सकिने यो पुस्तक गुगल प्लेमार्फत संसारका ६६ देशमा ईबुकका रुपमा उपलब्ध रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com