भरतपुर महानगर : दाहाल ३० मतले अगाडि
प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार
g]skfsf cWoIf k|r08ÚnfO{ :jfut ub}{ k|d’v bfxfn Mg]kfn sDo’lgi6 kf6L{ -g]skf_sf cWoIf k’iksdn bfxfn k|r08ÚnfO{ a’waf/ e/tk’/ ljdfg:yndf :jfut ub}{ e/tk’/ dxfgu/kflnsf k|d’v /]g’ bfxfn . t:jL/ M gf/fo0f clwsf/L
भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न. ४ को गणना सकिँदा दाहाल ३० मतले अगाडि हुनुहुन्छ ।
दाहालले पाँच हजार ७१८ मतका साथ अग्रता लिनुभएको छ भने सुवेदीले पाँच हजार ६८८ का साथ पछ्याइरहनुभएको छ । स्वतन्त्रबाट उम्मेदवार रहनुभएका जगन्नाथ पौडेलले दुई हजार ७८८ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले छ हजार ९८५ र राप्रपाका हिमला गुरुङले चार हजार ६४५ मत प्राप्त गर्नुभएको छ ।
आज बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजाअनुसार वडा नं ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल दुई हजार ५३० मतका साथ विजयी हुनुभएको छ । एमालेका उम्मेदवार भानुभक्त सापकोटाले एक हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गर्नुभएको छ ।
वडा नं ५ को मतगणना थालिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामनाबाहेकका चार पालिकामा पाँचदलीय गठबन्धनको अग्रता रहेको छ ।





