पाल्पाको माथागढी नगरपालिकामा एमाले विजयी
प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार
पाल्पाको माथागढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरमा एमालेका यमबहादुर चिदी र उपमेयरमा विष्णुमाया लुङचे विजयी भएका हुन् ।
मेयरमा निर्वाचित भएका चिदीले ६ हजार १०९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोषकुमार थापाले ५ हजार ५५४ मत पाए ।
यस्तै एमालेकी लुङचे ५ हजार ८८२ मतका साथ निर्वाचित भएकी हुन् ।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६४४ मत पाएकी छन् ।





