काठमाडौं महानगरमा अग्रता बढाउँदै बालेन


प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् ।

यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५१६ मत ल्याएका छन् ।

अहिले काठमाडौं महानगरपालिका मेयर ३२,१,२, ३ र ४ को गणना भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com