पासाङ शेर्पाको ‘कोरोना कथा’ न्युयोर्कमा लोकार्पण, गीतपछि पुस्तक लेखनमा पासाङ


प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार

अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ न्युयोर्कमा पनि लोकार्पण गरिएको छ । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको छ ।

न्युयोर्कस्थित क्वीन्समा धर्मा हाउसमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो । संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई, नेपाली महावाणिज्यदूतावास न्युयोर्कका कार्यबाहक महावाणिज्यदूत बिष्णु प्रसाद गौतम, धर्म गुरु लोपेन गुर्मे छोड्रक लगायतको उपस्थीतिमा पुस्तक लोकार्पण गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा नेपाली संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थीति रहेको थियो । युनाइटेड शेर्पा एसोसिएसन अमेरिका र खुम्बु पासाङ ल्हामु शेर्पा समाज अमेरिकाले कार्यक्रमको आयोजना गरेको हो ।

पासाङ–डोल्मा फाउन्डेशनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको मूल्य नेपाली रु ५०० र अमेरिकी डलर २५ रहेको छ ।

कूल ५६६ पृष्ठको पुस्तकमा कोरोनाअघिको संसार, लकडाउनमा घर थन्किँदा, राहतको सेरोफेरो, लकडाउनपछिको जीवन लगायतका विषयमा संस्मरण समेटिएको छ ।

शेर्पाले आफ्नो पुस्तक बुबा फुरी गेल्जे शेर्पाप्रति  समर्पित गरेका छन् ।

उनले भनेका छन् – ‘८३ बर्षको जीवनको उत्तरार्ध्द कालसम्म पनि तपाईं स्वस्थ रहनु भयो। खुसी रहनु भयो। यस अर्थमा हामी खुशी छौं। म प्रवासमा बसेर ‘कोरोना कथा’ पुस्तक लेखिरहदा तपाईहरुको बारेमा नसोचेको दिनै हुदैनथ्यो। तपाईले दिनु भएको शिक्षा, तपाईले देखाउनु भएको मार्गदर्शनको फलस्वरूप आज पुस्तक तयार भयो। अब एकदिन सगै बसेर कथा तपाईलाई पनि सुनाउला र तपाईको आफ्नो अनुभवको बारेमा म पनि सुन्नुला भन्ने ठुलो सपना थियो। सपनामै सिमित रह्यो। मेरो यो कृति ‘कोरोना कथा’ तपाईप्रति समर्पित गरिएको छु पाला। तपाईको आत्माले शान्ति पाओस्।’

गीत लेखनपछि पुस्तक लेखनमा

यसअगाडि शेर्पाबाट रचित ‘सयौं डाँडा काट्दै आएँ’ लगायतका गीतहरु बजारमा आइसकेका छन् । उनीबाट रचित ६ वटा गीतहरु रिलिज भइसकेका छन् । उनका झण्डै आधादर्जन गीतहरु या त रेकर्ड भएर रिलिज गर्न बाँकी छन् या त रेकर्डका क्रममा छन् । उपयुक्त समय आएपछि रिलिज गर्दै जाने शेर्पाको योजना छ ।

गीतकार शेर्पाको पहिलो गीत झण्डै २१ बर्ष अगाडि रेकर्ड भएको थियो । ‘तल पर्यो सल्लेरी माथि नाम्चे गाउँ’ बोलेका उक्त गीत लाक्पा शेर्पाले गाएका थिए । उक्त गीत निकै चर्चित गीत समेत हो ।

सन् २००४ को डिसेम्बरमा अमेरिका आएपछि उनी आफैले पनि एउटा परदेशीले भोग्ने समस्याहरु भोगे । विभिन्न खाले संघर्षहरु गरे । अमेरिकामा आएर कपाल काट्ने काम सुरु गरे ।

सन् २०१२ मा उनले न्युयोर्कको ज्याक्सन हाइटमा पासाङ स्ट्राइकिङ स्टाइल खोले । अहिले उनी न्युयोर्कका चर्चित नेपाली हेयर स्टाइलिस्ट हुन् । उनको पासाङ स्ट्राइकिङ अहिले ब्राण्डको रुपमा स्थापित भएको छ ।

पासाङ शेर्पाले लेखेका ‘साँझ ढलेको थाहा पाइन’ र ‘नरोउ तिमी’ लगायतका गीतहरु निकै चर्चित छन् । ‘नरोउ तिमी’ बोलको गीत युट्युबमामात्र ७ मिलियन भन्दा धेरैपटक हेरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com