न्युजर्सीमा मोटरसाइकल दुर्घटनामा २९ बर्षका नेपाली युवाको निधन, शव नेपाल लैजान गोफण्डमी


प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार

अमेरिकाको न्यूजर्सीमा मोटरसाइकल दुर्घटनामा नेपाली युवाको निधन भएको छ । दुर्घटनामा २९ बर्षका का पृथ्बी लम्सालको निधन भएको हो ।

शनिबार भएको दुर्घटनामा घाइते लम्साललाई उपचारका लागि कुपर हस्पिटल ट्रामा सेन्टरमा लगिएको थियो । बुधबार उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ ।

लम्साल मासाचुसेट्सको नर्थ इस्टर्न युनिभर्सिटीबाट ग्रयाजुएट भएर कामको सिलसिलामा विगत एक डेढ बर्ष देखि भर्जिनिया बस्दै आएको जनाइएको छ । न्युयोर्कमा साथीलाई भेटेर भर्जिनिया फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ ।

स्वर्गीय लम्साल बिगत लामो समय देखि बोस्टनमा बसेर बोस्टन लोक सुसेली समूहमा रही समाजमा योगदान दिदै आएका टंक लम्सालका छोरा हुन् । टंक लम्साल पारिवारिक कारणले गर्दा नेपाल फर्केका थिए ।

पार्थिब शरीरलाइ नेपाली संस्कार अनुसार नेपालमा नै अन्तिम संस्कार गर्ने बुबा आमाको चाहना अनुसार शव नेपाल पठाउनका लागि गोफण्डमीमा आर्थिक संकलन गरिएको छ । सबै सहयोगिहरुबाट यथासक्य आर्थिक सहयोगको लागि अपिल समेत गरिएको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

६० हजार डलरको लक्ष्यसहित सुरु गरिएको गोफण्डमीमा ३३ हजारभन्दा धेरै संकलन भइरसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com