बेलायतको अल्डरसटमा नेपाली वृद्धलाई ट्वाइलेटमा कुटपिट गरि लुटपाट प्रयास


प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार

बेलायती एक युवाले नेपाली वृद्धलाई बेलायतको अल्डरसटस्थित म्यानोर पार्कको शौचालयमा कुटपिट गरि लुटपाट प्रयास गरेको अदालतसमक्ष स्वीकार गरेका छन् ।

४ मे बुधबार बिहान वीनचेस्टर क्राउन कोर्टमा उपस्थित भएका अलेक्जेन्ड्रा रोड, अल्डरसट निवासी २८ वर्षीय ड्यारेन वाट्सले ७८ वर्षीय ति वृद्धलाई कुटपिट गरि लुटपाट प्रयास गरेको स्वीकारेको ह्याम्पसायर कन्सटबुलरीले जनाएको छ ।

वाट्सले लुट्ने प्रयास गरेको आरोप स्वीकार गरेपछि आगामी मे २६ बिहीबार उनलाई वीनचेस्टर क्राउन कोर्टमा सजाय सुनाइने प्रहरीले बुधबार जनाएको छ ।

गत फेब्रुअरीमा म्यानोर पार्कको सार्वजनिक शौचालयमा ति वृद्धलाई कुटपिट गरी पैसा मागेपछि उनीमाथि लुटपाट प्रयास गरेको अभियोग लगाइएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com