२ वटा लिंगसहित जन्मिएका ब्राजिलका बालकको एउटा लिंग हटाउन चिकित्सकहरु सफल


प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार

२ वटा लिंगसहित जन्मिएका ब्राजिलका बालकको एउटा लिंग हटाउन चिकित्सकहरु सफल भएका छन् । चिकित्सकहरुले दुईवटामध्ये ठूलो आकारको लिंग हटाएको जनाइएको छ ।

२ बर्षका बालकको बायातिरको लिंग तुलनात्मक हिसावले ठूलो रहेको थियो । तर सानोले पिसाव फेरेको पाइएपछि उक्त लिंग राख्ने निर्णय गरिएको जनाइएको छ । ठूलो लिंगको मुत्रमार्ग सानो भएकाले पिसाव गर्नमा समस्या रहेको थियो ।

यसबारेको भिडियोसहितको रिपोर्ट जर्नल अफ पेडियाट्रिक युरोलोजीमा प्रकाशित गरिएको छ । अहिलेसम्म यस्ता समस्याहरु एकसयजनामा मात्र देखिएको समेत जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com