अमेरिकाबाट नेपाल जाँदा मानवीय स्पर्समा जेन ट्राभल्सको वेवसाइटबाटै टिकट बुकिङ, ट्रान्जिट होटलमा सहजिकरण


प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार

अब अमेरिकाबाट नेपाल जाँदा जेन ट्राभल्सबाट सहजै मानव सहायतामा अनलाइनबाट टिकट बुकिङ गर्न सकिने भएको छ । झन्झटमुक्त तरिकाले सहजै टिकट बुकिङ गर्न सकिने र मुख्य एयरलाइन्सहरुमा सबैभन्दा उचित मूल्यको टिकट उपलब्ध गराइने जेन ट्राभल्सले जनाएको छ ।

टिकट बुकिङ गर्दा पासपोर्टसँग नाम मिले नमिलेको चेक गरिने, भिसा चाहिने नचाहिने सुनिश्चित गरिने, कम ट्रान्जिटमा सकेसम्म सस्तो टिकट सुनिश्चित गरिने, कोरोना सम्बन्धि मापदण्डहरु चेक गरिने, टिकटसँग निशुल्क ट्रान्जिट होटल पाउने भएमा त्यसका लागि सहजिकरण गर्ने जनाइएको छ । त्यस्तै अन्तिम टिकट छानेपछिमात्र बैंक कार्ड चार्ज गरिने समेत जेन ट्राभल्सको भनाई छ ।

जेन ट्राभल्सको वेवसाइटमा गएर आफै टिकट छनौट गर्न सकिनेछ भने ट्राभल्सका तर्फबाट ग्राहकलाई सम्पर्क गर्न सहजिकरण गरिनेछ । बुकिङ इन्जिनले एयरलाइन्सद्वारा उपलब्ध गराइएका सबैभन्दा प्रतिस्पर्धी भाडादरहरू प्रदान गर्ने तथा एक्सपेडिया, अर्बिट्ज, एयरलाइन जस्ता ठूला वेवसाइटहरुसँग दाँजेर भाडादर उपलब्ध गराउने जनाइएको छ ।

थप रूपमा टिकट बुक गर्दा जेन ट्राभल्सका तर्फबाट हुने मानवीय स्पर्शले यात्रालाई अझ सुविधाजनक बनाउने अपेक्षा गरिएको छ । यात्रुहरुले जेन ट्राभल्सको फोन नम्बर २०२ ५५२ १५०८ मा चौबिसै घण्टा सम्पर्क गरेर वा न्युयोर्क तथा काठमाडौंमा रहेको कार्यालयमा गएर पनि टिकट बुक गर्न सक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com