नेपाली कला र संस्कृति झल्काउँदै नर्थ क्यारोलाइनामा छैठौं ‘नेपाल डे’ भब्य


प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार

अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित टाउन अफ मोरिस्भिलमा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको आयोजनामा छैठौं नेपाल डे मनाइएको छ। अमेरिकाका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेल तथा नर्थ क्यरोलाइना राज्यकी सेक्रेटरी अफ स्टेट इलेन मार्शलद्वारा संयुक्त रूपमा उदघाटित उक्त कार्यक्रममा नर्थ क्यारोलाइनाका सिनेटर वाइलि नीकल, वेक काउन्टीका कमिस्नर सिग हचिन्सन, पूर्व कमिस्नर जेसिका होल्म्स, टाउन अफ मोरिस्भिलका पूर्व मेयर मार्क स्टलम्यान, उपमेयर लिज़ जोन्सन, काउन्सिलम्यान स्टीव राव लगायत का सरकारी प्रतिनिधिहरुको उपस्थिती थियो।

एन.सी.एन.सी. का अध्यक्ष आर पी पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एन.आर.एन ए. आइसीसीका महासचिव डा. केशव पौडेल, क्षत्रिय संयोजक कृष्ण पोखरेल, एन.आर.एन.ए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी लगायत स्थानीय संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रममा आगन्तुक वक्ताहरूले नयाँवर्षको शुभकामना दिँदै कार्यक्रम आयोजना गरेकोमा एन.सी.एन.सीलाई धन्यवाद दिनु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब एक हजार सहभागीहरुको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रमको शुरुवात पन्चकन्या र लाखे सहितको सांस्कृतिक झाँकी एवं विभिन्न नेपाली परम्परागत भेषभूषामा सजिएका सहभागीहरुको परेड मार्फत भएको थियो। स्थानीय मोरिसभिलस्थित चर्च स्ट्रिट पार्कमा आयोजित सो कार्यक्रममा मौलिक नेपाली संस्कृति, नेपाली खाना र नेपाली कला सम्बन्धी स्टलहरुका साथै विभिन्न गैरसरकारी संस्थाहरुको स्टल समावेश थिए ।

नेपाली नयाँ वर्ष २०७९ को अवसर पारेर आयोजित उक्त कार्यक्रममा नेपाली मूलका विद्यार्थी उत्कृष्ट नेपाललाई $१५०० राशीको सुजनपरिता छात्रवृत्ति प्रदान गरिएको थियो। कार्यक्रममा हिमाली समुदायको सिंह नृत्यसँगै विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने विविध सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

‘कोभिड–१९ को कारण दुई वर्षदेखि हुन नसकेको नेपाल डे परेड यस पटक कोभिड महामारीकै बीच छोटो समयको तयारीमा भएपनि हामीले सोचे जस्तै सफल भएको छ’ एन.सि.एन.सिका महासचिव डा. विकास शाक्यले भने, ‘यस पटकको कार्यक्रमबाट पाएको शिक्षा अनुसार आगामी वर्ष पूर्ण तयारीका साथ आयोजना गर्ने सोच बनाएका छौं।’ छोटो समयको तयारी भए पनि कार्यक्रम सफल बनाउनका निम्ति सबैले दिएको सहयोगप्रति आभारी रहेको पनि आयोजकले जनाएको छ।

‘प्रवासमा नेपाली मौलिक संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न नेपाल परेड गर्दै आएको हो’ एन.सि.एन.सिका अध्यक्ष आरपी पौडेलले भने, ‘यस किसिमको कार्यक्रमले प्रवासमा जन्मेका नेपाली मूलको दोस्रो पुस्तालाई नेपालसँग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भुमिका खेल्ने छ।’ अमेरिकामा पछिल्लो समय नेपालीको बाक्लो बस्ती रहेको राज्यहरु न्युयोर्क, नर्थक्यारोलिना,क्यालिफोर्नियालगायतका राज्यहरुमा वर्सेनी नेपाल डे मनाइदै आइरहेको छ।

कार्यक्रममा आयोजक कमिटीका चेयर डा. बटु शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली समुदायले आरटीपी क्षेत्रको विविधता र विकासमा ठूलो योगदान दिएको बताउनुभयो। कार्यक्रममा सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार आङ छिरिङ शेर्पाले सगरमाथा आरोहणको अनुभव सुनाउनु भएको थियो भने युवा नेतृ दिया मूलले नेपाली समुदायको हितका निम्ति युवाहरुको भूमिकाका बारेमा मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक राजदुत कुमारराज खरेलले विदेशमा नेपालीले मनाउदै आएको नेपाल डे परेडले विश्वमाझ नेपालको चिनारी दिंदै आएको बताउनुभयो। नेपालका विभिन्न जातजाति, भाषाभाषी र विविधि सांस्कृतिक सम्पदाले धनी रहेको खरेलको भनाई थियो। एनआरएनका प्रतिनिधिहरुले कार्यक्रममा सम्बोधन गर्दै नेपालमा डलरको तरलता घटेकोले नेपालमा डलर खाता खोलेर नेपाल सरकारलाई सहयोग गर्नुपर्ने खाँचो औँल्याउनु भएको थियो।

नर्थ क्यारोलिनामा नेपाली समुदायले विगत सन् २०१७ देखि मनाउदै आएको नेपाल डे परेड कार्यक्रमलाई स्थानीय मोरिसभिल टाउन र वेक काउन्टीले अप्रिल महिनाको तेस्रो शनिबारको दिन ”नेपाल डे” को रुपमा मान्यता दिंदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com