छिमेकी मुलुकमा सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयद्वारा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह


प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण छिमेकी मुलुक भारतमा बढ्दै गएपछि नेपालमा पनि सङ्क्रमणको जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभएको छ ।

“कोभिड–१९ को सङ्क्रमण भारतलगायत छिमेकी राष्ट्रमा पछिल्लो केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायम नै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्ड पालना गर्न÷गराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ”, उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

उहाँले सङ्ख्यात्मकरूपमा सङ्क्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको उल्लेख गर्नुभएको छ । मन्त्रालयले खोप लगाएको तीन महिना पूरा भएकालाई बुष्टर मात्रा खोप लगाउनसमेत आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन, खोप लगाउन प्रेरित गर्न र जारी खोप अभियानमा साथ दिनका लागिसमेत सबैलाई आग्रह गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैशाखको पहिलो सातासम्म १५ जनाभन्दा कममा सङ्क्रमण

वैशाख महिनाको पहिलो हप्तामा सङ्क्रमण १५ जनाभन्दा नै कममा देखिएको छ । मन्त्रालयको तथ्याङ्कानुसार वैशाख १ गते चार जनामा सङ्क्रमण देखिएको छ । यस्तै वैशाख ७ गते १३ जनामा सङ्क्रमण देखिएको थियो । वैशाख २ मा १४, वैशाख ३ मा नौ, वैशाख ४ गते १२, वैशाख ५ गते १० र वैशाख ६ गते १० जनामा सङ्क्रमण देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com