न्युयोर्कको ट्रेन स्टेशनमा गोली चलाउनेलाई पक्राउ गर्न सघाउने ५ जनालाई ५० हजार डलर बाँडिने


प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार

न्युयोर्कको ट्रेन स्टेशनमा गोली चलाउनेलाई पक्राउ गर्न सघाउने ५ जनालाई ५० हजार डलर इनाम बाँडिने भएको छ । प्रहरीले गोली चलाउने व्यक्तिलाई पक्राउ गर्नका लागि टिप्सहरु प्रदान गर्नेलाई ५० हजार डलर इनाम बाँडिने भएको छ ।

गोली चलाउने व्यक्ति फ्रयांक जेम्सलाई पक्राउ गर्न ५ जना व्यक्तिले प्रहरीलाई महत्वपूर्ण सुचना दिएका थिए । जेम्सलाई प्रहरीले झण्डै ३० घण्टा लामो खोजीपछि बुधबार म्यानहटनको इस्ट भिलेज क्षेत्रबाट पक्राउ गरेको थियो ।

वकिलहरुका अनुशार बन्दुकधारी जेम्स आफैले पनि प्रहरीलाई फोन गरेर आफ्नोबारे जानकारी दिएको थियो । प्रहरीमा फोन गरेर आफू म्याकडोनाल्डको आसपासमा हुने उक्त व्यक्तिले जानकारी दिएको थियो ।

प्रहरी म्याकडोनाल्डमा पुग्दा जेम्सलाई फेला पार्न सकेन । त्यसपछि जेम्सलाई फेला पार्न विभिन्न व्यक्तिले प्रहरीलाई सुचना दिएका थिए ।

६२ बर्षको जेम्सले ट्रेन स्टेशनमा गोली चलाउनुका साथै धुँवा बम विष्फोट गराउँदा झण्डै ३० जना घाइते भएका थिए । १० जना भन्दा बढी गोली लागेर घाइते भएका थिए भने कसैको पनि ज्यान भने गएन ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com