न्युयोर्कको ट्रेन स्टेशनमा गोली चलाउनेलाई पक्राउ गर्न सघाउने ५ जनालाई ५० हजार डलर बाँडिने


प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार

न्युयोर्कको ट्रेन स्टेशनमा गोली चलाउनेलाई पक्राउ गर्न सघाउने ५ जनालाई ५० हजार डलर इनाम बाँडिने भएको छ । प्रहरीले गोली चलाउने व्यक्तिलाई पक्राउ गर्नका लागि टिप्सहरु प्रदान गर्नेलाई ५० हजार डलर इनाम बाँडिने भएको छ ।

गोली चलाउने व्यक्ति फ्रयांक जेम्सलाई पक्राउ गर्न ५ जना व्यक्तिले प्रहरीलाई महत्वपूर्ण सुचना दिएका थिए । जेम्सलाई प्रहरीले झण्डै ३० घण्टा लामो खोजीपछि बुधबार म्यानहटनको इस्ट भिलेज क्षेत्रबाट पक्राउ गरेको थियो ।

वकिलहरुका अनुशार बन्दुकधारी जेम्स आफैले पनि प्रहरीलाई फोन गरेर आफ्नोबारे जानकारी दिएको थियो । प्रहरीमा फोन गरेर आफू म्याकडोनाल्डको आसपासमा हुने उक्त व्यक्तिले जानकारी दिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरी म्याकडोनाल्डमा पुग्दा जेम्सलाई फेला पार्न सकेन । त्यसपछि जेम्सलाई फेला पार्न विभिन्न व्यक्तिले प्रहरीलाई सुचना दिएका थिए ।

६२ बर्षको जेम्सले ट्रेन स्टेशनमा गोली चलाउनुका साथै धुँवा बम विष्फोट गराउँदा झण्डै ३० जना घाइते भएका थिए । १० जना भन्दा बढी गोली लागेर घाइते भएका थिए भने कसैको पनि ज्यान भने गएन ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com