युक्रेनी सेनाले आत्मसमर्पण गरे जीवन दान दिन्छौँ : रुस


प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार

युक्रेनी सैनिकले आइतबारसम्म आफ्नो हतियार बिसाए युक्रेनी सैनिकको जीवन दान दिने बताएको छ । युक्रेनको प्रमुख बन्दरगाह शहर मारियुपोलको विषयमा कुरा गर्दै रुसले यस्तो भनेको हो ।

रुसी सरकारले युक्रेनी सैनिक र भाडामा लिइएका विदेशी सैनिक मारियुपोलमा अहिलेसम्म पनि लडिरहेको बताएको छ ।
आफूले मारियुपोलको धेरैजसो हिस्सा आफ्नो कब्जामा लिएको र यदि युक्रेनी सैनिकले मस्कोको समयानुसार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म हतियार बिसाउँछन् भने उनीहरुको सुरक्षाको ग्यारेन्टी दिइने बताएको छ ।

रुसले यस्तो गर्नेहरुलाई जेनेभा कन्भेन्सनको युद्धबन्दीलाई झैँ व्यवहार गरिने पनि रुसले बताएको छ । रुसका अनुसार शहरमा युक्रेनी सुरक्षाबल अजोफ्स्तल स्टिलवर्क्स इलाकासम्म मात्रै सिमित छन् ।

यो बयानमा रुसी सुरक्षाबललले त्यहाँ उपस्थित सैनिकले प्रस्ताव पाउन् भन्नका लागि यो जानकारी लगातार प्रसारित गर्ने र यसलाई रातभरी हरेक आधा घण्टामा प्रसारण गरिने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै, सुरक्षाबलले किभको अनुमतिको प्रतीक्षा नगरीकन आफैंले निर्णय लिएर आत्मसमर्पण गर्नसमेत भनिएको छ ।
यस्तै, युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले मारियुपोलको एउटा सानो हिस्सामा मात्रै युक्रेनी सुरक्षाबलको कब्जा भएको स्वीकार गरे र उनको सरकार रक्षा गरिरहेको सैनिकसँग लगातार सम्पर्कमा भएको बताएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार राष्ट्रपतिले स्थिति निकै गम्भीर भएको बताएका छन् ।

मारियुपोलबाट युक्रेनी सेना बाहिरिसकेको र उनीहरु अजोफ्स्तलसम्म मात्रै सिमित छन् भन्ने रुसी दाबीको कुनै जवाफ भने दिएका छैनन् । रुसका अनुसार एउटा ठूलो स्टिल र फलामको प्लान्टमा यी सैनिक छन् ।

रुसको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार यो प्लान्टमा २५ सय युक्रेनी सैनिक छन् र बाहिर निस्कने बाटो रुसी सुरक्षाबलले बन्द गरिदिएको छ । यता बीबीसीले भने यी रिपोर्टको पुष्टि गर्न नसकेको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com