ट्वीटरको सबै सेयर किन्ने तयारीमा एलन मस्क,भने ‘निजी कम्पनीको रूपमा रुपान्तरण गर्न आवश्यक छ’


प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार

अमेरिकी धनाढ्य एलन मस्कले ट्वीटरको सम्पूर्ण सेयर किन्ने तयारी गरेका छन् । उनले अमेरिकी माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटर किन्न इच्छा व्यक्त गरेका हुन् । मस्क यतिबेला पनि ट्वीटरका सेयर होल्डर हुन् ।

उनले कम्पनीको सेयर प्रतिकित्ता ५४.२० अमेरिकी डलर मूल्यांकन गरेका छन् । यसअनुसार ट्वीटरको सबै सेयर किन्न उनले कम्पनीलाई ४३।४ बिलियन अमेरिकी डलरको अफर पठाएका छन् । यो अप्रिल १ मा बन्द भएको कम्पनीको सेयर मूल्यभन्दा ३८ प्रतिशतले बढी हो ।

‘ट्वीटरको सबै सेयर किन्न गरेको यो अफर उत्कृष्ट र अन्तिम अफर हो,’ मस्कले भनेका छन्, ‘यदि यो स्वीकार गरिएन भने सेयर होल्डरको रूपमा मैले मेरो स्थिति पुनर्विचार गर्नुपर्छ ।’ मस्कले ट्वीटरका प्रतिनिधिलाई बुधबार नै यो अफर पठाएका थिए ।

मस्कले कम्पनीको सबै सेयर किन्ने पत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाललाई नभई बोर्ड अध्यक्ष ब्रेट टेलरलाई सम्बोधन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘मैले ट्वीटरमा लगानी गरे किनकी यसमा विश्वभर स्वतन्त्र अभिव्यक्तिको माध्यम बन्ने क्षमता छ,’ मस्कले भनेका छन्, ‘मैले लगानी गरेपछि यसलाई निजी कम्पनीको रूपमा रुपान्तरण गर्न आवश्यक छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com