शनिबार नर्थ क्यरोलाइनामा सांस्कृतिक झाँकी सहित छैटौं नेपाल दिवस मनाइने


प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार

अप्रिल १६, २०२२ का दिन नेपाली नया बर्षको अवसर पारेर संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित मोरिसभिल टाउनमा सांस्कृतिक झाँकी सहित छैटौं नेपाल दिवस मनाइने भएको छ । स्थानिय संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाले कार्यक्रमको तयारी बारे एक प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ। संस्थाका अनुसार मोरिस्भिलको स्थानिय चर्चस्ट्रीट पार्कमा नेपाली विविधता झल्किने भेषभुषामा बाजागाजा सहित एक झाँकी प्रस्तुति गरिने छ।

कार्यक्रममा नेपाली दुताबासका प्रतिनिधि, नर्थ क्यारोलिना प्रान्तीय सरकारका प्रतिनिधिहरू, स्थानिय नगरपालिकाका निम्तालुहरू, नर्थ क्यारोलाइना र छिमेकका अन्य प्रान्तबाट नेपाली मूलका विभिन्न संस्थाका प्रतिनिधिहरू अतिथिको रुपमा उपस्थित हुनेछन्। विगत छ बर्षदेखि मनाउन थालिएको नेपाल दिवस कार्यक्रमलाई स्थानीय मोरिस्भिल टाउन र वेक काउन्टीले अप्रिलको तेस्रो सनिबारलाइ नेपाल दिवसको रुपमा सरकारी मान्यता दिएका छन्।

नेपाली मुलका स्थानिय समुदायले यो कार्यक्रमलाई गौरवको रुपमा लिएका छन्। कोरोनाको महामारीका कारण विगत २ बर्ष यो कार्यक्रम हुन नपाए पनि यो बर्ष आयोजकहरु उत्साहका साथ् कार्यक्रम सफल पार्न लागिपरेका छन्। नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका महासचिव डा विकास शाक्यका अनुसार कार्यक्रममा नेपाली मुलका र नेपाललाई माया गर्ने समुदायका सहभागी हुने अपेक्षा गरिएको छ।

दिनको ११ बजे सांस्कृतिक झाँकी सहित सुरु हुने कार्यक्रम नया बर्षको शुभकामना आदानप्रदान र रमाइलो सांस्कृतिक कार्यक्रम सहित दिनैभरि चल्नेछ। साथमा नेपाली खाद्य परिकार र नेपाली कला सम्बन्धि स्टलहरू पनि रहने कुरा आयाजकले विज्ञप्ति मार्फत् जानकारी गराएकॉ छन्। प्रवासमा स्थानिय सरकारको मान्याता सहित यसरी नेपाल दिवस मनाउनु आफैमा गर्वको कुरा भएको बताउंदै यस कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिलाई जिवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मदत पुग्ने विश्वास गर्छन आयोजक संस्थाका अध्यक्ष आरपी पौडेल।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्ता कार्यक्रमले विदेशिएको दोस्रो पुस्तालाई नेपालसंग जोडिराख्न र नेपालको पर्यटनलाई प्रवर्धन गर्न पनि टेवा पुग्नेमा विस्वस्त छन् अध्यक्ष पौडेल। नेपाल दिवस कार्यक्रममा आफ्नो पहिचान झल्किने भेषभुषा सहित सहभागी भई प्रवासमा नेपाली पहिचानलाई अझ उच्च पार्नको लागि आयोजक संस्थाले सम्बन्धित सबैलाई आह्वान गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com