मध्य टेक्सासमा आएको तूफानबाट २३ घाइते, कम्तीमा १५ घर ध्वस्त, भोगटे आकारका असिना
प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार
मध्य टेक्सासमा आएको तूफानबाट बेल काउन्टीमा कम्तीमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनालाई अस्पताल भर्ना गरिएको छ भने एकजनाको अवस्था गम्भिर रहेको छ ।

तूफानबाट १५ घर ध्वस्त भएका छन् । अष्टिनबाट उत्तरमा रहेको मध्य टेक्सासमा आएको तूफानबाट व्यापक क्षति भएको राष्ट्रिय मौषम सेवाले जनाएको छ ।

कैयन तूफानहरु आएको र एउटा तूफान ऐतिहासिक गाउँ सलाडो नजिक आएको जनाइएको छ । त्यस्तै अष्टिन र वाकोको बीचमा रहेको बेल काउन्टीमा कैयन घरहरु क्षतिग्रस्त भएका छन् ।

सामाजिक सञ्जालमा पोष्ट गरिएको फोटोहरुमा भोगटे जत्तिकै आकारका असिनाहरु आएको देखिएको छ ।

आँधी अस्टिनदेखि डलास फोर्ट वर्थ क्षेत्रसम्म फैलिएको गम्भीर आँधीहरूको प्रणालीको हिस्सा थियो।






