ट्रेनमा भएको गोलीकाण्डपछि न्युयोर्कबासी नियमित ट्रेनयात्रामा, बन्दुकधारी अझै फरार


प्रकाशित मिति : चैत्र ३०, २०७८ बुधबार

मंगलबार ट्रेनमा भएको गोलीकाण्डपछि न्युयोर्कबासीहरु बुधबार नियमित ट्रेनयात्रामा फर्केका छन् । तर गोलीकाण्डका संदीग्ध ६२ बर्षको व्यक्ति भने अझै पनि फरार रहेको प्रहरीले जनाएको छ । २३ जना घाइते हुने गरी भएको उक्त गोलीकाण्डमा १० जनामाथि गोली लागेको थियो भने अरु १३ जना भागदौड र धुँवाका कारण घाइते भएका थिए ।

न्युयोर्कका मेयर एरिक आडम्सले संदीग्ध व्यक्ति फ्रयांक जेम्स रहेको बताएका छन् । उक्त गोलीकाण्डमा एकजनामात्र संदीग्ध रहेका छन् । उक्त व्यक्तिले ट्रेनभित्र धुँवा फैलाउने ग्रिनेड समेत हानेको जनाइएको छ । उक्त व्यक्तिबारे कुनै जानकारी भएमा खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

६२ बर्षीय उक्त व्यक्तिले फिलाडेल्फियामामा भ्यान भाडामा लिएर आएको जनाइएको छ । घटनास्थलबाट प्रहरीले ह्याण्डगन लगायतका हतियारका सामाग्रीहरु र विष्फोटकहरु समेत बरामद गरेको थियो । प्रहरीले गाडी सडकमा छाडिएको अवस्थामा भेटाएको थियो ।

घटनामा गोली लागेका १० मध्ये ५ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । तर कोहीपनि ज्यान गुमाउने जोखिममा भने नरहेको प्रहरीले जानकारी दिएको छ । अधिकारीहरुले बन्दुकधारीबारे सुचना दिनेलाई ५० हजार डलर पुरस्कार तोकेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com