पशुपति धर्मशालामा सञ्चालित होटल बन्द


प्रकाशित मिति : चैत्र २६, २०७८ शनिबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ ।

होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । होटल बन्द गराउनका लागि पत्र लिएर गएको सरकारी टोलीलाई बतास समूहका कर्मचारीले होटलभित्र छिर्न नदिएपछि शुक्रबार साँझ कोषले बाहिरबाटै होटलमा ताला लगाएको हो ।

कोषले गेटमै सूचना टाँसेर होटलमा भएका सामग्री नचलाउन जानकारी गराएको विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई भित्र छिर्नै दिइएन, हामीले गेटमै ताल्चा लाएर फर्कियौँँ ।”

पशुपति क्षेत्र विकास कोष तथा होटल आनन्दबीच भएको सम्झौताअनुसार काम नभएको भन्दै कोषले गत चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो । बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गएको सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालिले सञ्चालन गरेको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ ।

पशुपतिस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको गएको सोमबार तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ । कोषका कोषाध्यक्ष सुवेदीको संयोजकत्वमा धर्मशाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालिसँगको सम्झौता खारेजको सुझाव दिएको थियो ।-रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com