सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन प्राथमिकता होइन : नेता श्रेष्ठ


प्रकाशित मिति : चैत्र २२, २०७८ मंगलबार

 

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताउनुभएको छ । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमाण्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा जाने बताउनुभयो ।

वरिष्ठ नेता श्रेष्ठले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुनेसमेत बताउनुभयो । “हाम्रो पार्टीको प्राथामिकता गठबन्धनका लागि गठबन्धन मात्र होइन”, उहाँले भन्नुभयो, “गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि सहमतिको अक्षरशः पालना हुने गरी मात्र हुनुपर्छ ।”

उहाँले पार्टीले आन्तरिक एकतालाई सुदृढ पारेर निर्वाचनमा होमिनुपर्ने बताउनुभयो । वरिष्ठ नेता श्रेष्ठले पार्टीले अबलम्वन गरेको समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा सङ्घर्षको रणनीति लिएर पार्टी अघि बढिरहेको उल्लेख गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“अहिलेको स्थानीय तहको निर्वाचन भने स्थानीय सदनको मोर्चामा जाने तयारी हो”, उहाँले भन्नुभयो, “यो मेर्चा नजिते हामीले हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौँ ।” वरिष्ठ नेता श्रेष्ठले माओवादी केन्द्रले जितेका देशभरका स्थानीय तहहरुमा राम्रो काम भएको बताउँदै त्यसबारेमा जनतालाई बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com