आईआरएसमा डेढ बिलियन डलर दावी हुन बाँकी, यसरी दावी गर्नुहोस् औषत ८१३ डलर


प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार

अमेरिकामा करदाताहरुले १ दशमलव ५ बिलियन डलर ट्याक्स रिफण्ड दावी गर्न बाँकी रहेको आईआरएसले जनाएको छ । उक्त रकम अप्रिल १८ भित्र दावी गर्न सुझाव दिइएको छ ।

सन् २०१८ मा ट्याक्स फाइल नगरेका झण्डै १५ लाख करदाताहरुले झण्डै डेढ बिलियन डलर रकम रिफण्ड दावी गरेका छैनन् । तीनबर्षभित्र दावी गरिसक्नुपर्ने प्रावधान भएकाले अप्रिल १८ सम्म दावी नगर्नेहरुले उक्त रकम पाउने छैनन् ।

सन् २०२१ को ट्याक्स फाइल गर्ने डेडलाइनभित्र सन् २०१८ को उक्त रकम दावी गरिसक्नुपर्छ । मैन र मासाचुसेट्सका बासिन्दाले अप्रिल १९ भित्र दावी गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा दावी नगरिएको औषत रिफण्ड रकम प्रतिव्यक्ति ८१३ डलर रहेको छ । जसको अर्थ आधाजसोले ८१३ डलरभन्दा कम हुने र आधा जसोको ८१३ डलरभन्दा माथि हुने आईआरएसले जनाएको छ ।

अधिकांश अमेरिकनहरुले कर फाइल गर्ने भएतापनि कतिपयका लागि ट्याक्स फाइल गर्न अनिवार्य हुँदैन । जसका कारण उनीहरुले रिफण्ड रकम समेत गुमाएका हुन्छन् । सन् २०२१ का लागि १२ हजार ५ सय ५० डलरभन्दा कम आम्दानी हुने एकल र २५ हजार १ सय भन्दा कम आम्दानी हुने विवाहितले ट्याक्स फाइल गर्न अनिवार्य छैन । अमेरिकामा झण्डै १२ मिलियनले बार्षिक ट्याक्स फाइल गर्दैनन् ।

सन् २०१८ को रिफण्ड पाउनका लागि उक्त बर्षको ट्याक्स फाइल गर्न जरुरी छ । सन् २०१८ को ट्याक्स फाइल कागजी रुपमा गर्नुपर्छ भने सन् २०१९ पछिको अनलाइनबाटै गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com